- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । स्पेनिस कोपा डेल रे फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । शनिबार राति भएको फाइनलमा सेभिल्लालाई ५–० को फराकिलो अन्तरका साथ बार्सिलोनाले चौथोपटक कोपा डेल रेको उपाधि जितेको हो ।
बार्सिलोनालाई जिताउन लुइस सुवारेजले दुई तथा लियोनेल मेस्सी, एन्द्रेस एनेस्ता र फिलिप्पे कोटिन्होले एक एक गोल गरे ।
एथ्लेटिको मड्रिडलाई हराएर प्रतियोगिताको फाइनल पुगेको सेभिल्ला फाइनलमा बार्सिलोनासंग भने निरीह देखिएको थियो ।
यो जितसंगै बार्सिलोनालाई राहत मिलेको छ । बार्सिलोना लगातार उपाधि समाउने लयमा देखिएको छ ।