arrow

म्यान्चेस्टर युनाइटेड कीर्तिमानसहित एफए कपको फाइनलमा 

logo
प्रकाशित २०७५ वैशाख ९ आइतबार
manu-maurinhho.jpg

काठमाडौं । म्यान्चेस्टर युनाइटेड कीर्तिमानसहित एफए कप फुटबलको फाइनलमा पुगेको छ । 

शनिबार राति भएको खेलमा टोटनह्याम हट्स्परलाई २–१ ले हराउँदै युनाइटेड एफए कपको फाइनल पुगेको हो ।

युनाइटेडले सबैभन्दा बढी २०औं पटक एफ ए कपको फाइनल पुग्ने टिमको कीर्तिमान बनाएको हो ।

घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा ११ औं मिनेटमा डेल अलीले गोल गर्दै टोटनह्यामलाई अग्रता दिलाए पनि त्यसपछि युनाइटेडले लगातार दुई गोल गर्यो । 

२४ औं मिनेटमा एलेक्सिस सान्चेजले तथा ६२ औं मिनेटमा एन्डर हरेराले गोल गरे । 
यो जीतले भने होजे मौरिन्होलाई राहत मिलेको छ । प्रिमियर लिगको पुछारमा रहेको टिमसंग समेत पराजय भोगेपछि गतहप्ता मोरिन्होको आलोचना भएको थियो । 

म्यान्चेस्टर युनाइटेड प्रिमियर लिगको उपाधि होडबाट बाहिरिए पनि दोस्रो स्थानका लागि संघर्षरत छ । 

एफएक कपको उपाधिका लागि म्यान्चेस्टर युनाइटेडले अब चेल्सी र साउथह्याम्टनबीचको विजेतासँग खेल्नेछ ।

दोस्रो सेमिफाइनल खेल आइतबार राति हुँदैछ । 

Manchester United eliminated Tottenham and progressed to the final of the FA Cup

Tottenham were knocked out by Manchester United and their semi-final record is poor

The Spurs midfielder showed off the move which has become a viral sensation

Alexis Sanchez scored the equaliser and he continued his incredible record at Wembley

A young Tottenham fan made a comical mistake when writing on his own face

Phil Jones pulled some typically Phil Jones facial expressions during the game 

Jones have become known for the hilarious expressions he pulls in the heat of battle

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ