arrow

सुनकाण्डमा समातिए पूर्व डिआइजी निरौला 

logo
प्रकाशित २०७५ वैशाख ९ आइतबार
dig-govinda-niraula.jpg

काठमाडौँ । गृह मन्त्रालयले साढे ३३ किलोग्राम सुनको अनुसन्धानका लागि नेपाल प्रहरीका पूर्व प्रहरी नायब महानिरीक्षक डिआइजी गोविन्द निरौलालाई पक्राउ गरेको छ । 

माघको अन्तिम साता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको सुन हराएपछि छानबिनका लागि गृह मन्त्रालयले बनाएको समितिले निरौलालाई अनुसन्धानका लागि आइतबार साँझ पक्राउ गरेको हो । 

छानबिन समिति गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलको संयोजकत्वमा गठन गरिएको थियो ।

निरौला विमानस्थल प्रहरी प्रमुख रहेको बेला सुन तस्करी गर्ने गिरोहसँग सम्पर्क रहेको भन्दै उनलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको गृह मन्त्रालयले जनाएको छ । 

निरौलाले गत चैत २९ मा अवकाश लिएका थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ