arrow

एन्फा निर्वाचन २२ वैशाखमा 

logo
प्रकाशित २०७५ वैशाख ९ आइतबार
anfa-election.jpg

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको निर्वाचन यही वैशाख २२ गते हुन सक्ने देखिएको छ । उच्च अदालत पाटनले एन्फा अन्तरिम आदेश खारेज भएमा एन्फा निर्वाचन वैशाख २२ मा गर्न सकिने एन्फाको निर्वाचन समितिले आइतबार जनाएको छ । 

विज्ञप्ति जारी गर्दै समितिले रिट निवदेकहरुले माग गरेको विषय बस्तु र उच्च अदालतको आदेशको भावनासमेत समावेश भइसकेकोले निर्वाचन वैशाख २२ गते गर्न सक्ने निर्णय गरेको उल्लेख गरेको छ ।

निर्वाचन समितिका संयोजक, सहसंयोजक र सदस्यले हस्ताक्षर गरी जारी गरेको विज्ञप्तिमा उच्च अदालतको आदेश बमोजिम चैत १४ गतेका लागि तय भएको निर्वाचन स्थागित गरेको स्मरण गर्दै भक्तपुर र मकवानपुर जिल्ला संघले आ–आफ्नो मताधिकार प्रतिनिधि र प्रतिनिधिहरुको नामावली समेत एन्फामार्फत निर्वाचन समितिले प्राप्त गरिसकेको उल्लेख गरेको छ ।

निर्वाचन समितिले यदि उच्च अदालतले यसअघिकै अन्तरिम आदेश खारेज नभई निरन्तरता दिएको अवस्थामा भने  वैशाख २२ गते निर्वाचन गर्न नसक्ने जनाएको छ । 

एन्फाको निर्वाचनको चुनावी मैदानमा संस्थापन पक्षबाट वरिष्ठ उपाध्यक्ष मणि कुँवर र परिवर्तनधारी समूहबाट पूर्व उपाध्यक्ष कर्मा छिरिङ शेर्पा प्यानलसहित चुनावी प्रतिस्पर्धामा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ