- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इंगलिस फुटबल क्लव लिभरपुलका स्ट्राइकर मोहमद सलाहले पीएफए अवार्ड जितेका छन् । इंग्ल्याण्डको प्रोफेसनल फुटबलर्स एसोसियसनले २०१७–१८ को उत्कृष्ट खेलाडीका रुपमा सलाहको नाम घोषणा गरेको हो ।
यो उपाधि सलाहका लागि कीर्तिमानी उपाधि पनि हो । उनी यो उपाधि पाउने पहिलो इजिप्टेली खेलाडीसमेत बनेका छन् ।
त्यसैगरी उनी लिभरपुलबाट उपाधि पाउने सातौं खेलाडी बनेका छन् । यो अवार्डका लागि सलाहले म्यान्चेष्टर सिटीका केभिन डि ब्रुयन, लेरोई साना, डेविड सिल्भा, टोटनह्यामका ह्यारी केनलगायतका खेलाडीलाई पछि पारेका थिए ।
सलाहले यो सिजन प्रिमियर लिगमा ३३ खेल खेल्दा ३१ गोल गरेका छन् भने ९ वटा गोलका लागि अवसर सिर्जना गरिदिएका छन् ।
म्यान्चेष्टर सिटीका लेरोई सानाले उत्कृष्ट युवा खेलाडीको अवार्ड जितेका छन् ।
यस्तै, चेल्सीकी फ्रान किर्बीले उत्कृष्ट महिला खेलाडीको अवार्ड पाइन् । उत्कृष्ट महिला युवा खेलाडी भने ब्रिस्टोल सिटीकी लउरेन हेम्प घोषित भइन् । त्यस्तै पीएफए मेरिट अवार्ड सिरिल रेगिसको भागमा गएको छ ।