arrow

प्रतिव्यक्ति ऋण दुई हजारले बढ्यो

logo
प्रकाशित २०७५ वैशाख १० सोमबार
mahalekha.jpg

काठमाडौँ । नेपालीको कूल ऋण दुई हजार ११४ ले बढ्न गएको छ । आर्थिक वर्ष २०७३-७४ मा प्रतिव्यक्ति ऋण २२ हजार १२९ रहेकामा यस वर्ष बढेर २४ हजार २७६ पुगेको हो । महालेखा नियन्त्रक कार्यालयले पेस गरेको विवरणमा आव २०७३-७४ सम्म सरकारको कूल ऋण दायित्व छ खर्ब ९७ अर्ब ६९ करोड रहेको छ ।

आन्तरिक ऋण  दुई खर्ब ८३ अर्ब ७१ करोड रहेको छ । यस्तै वैदेशिक ऋण चार खर्ब १३ अर्ब ९८ करोड रहेको छ । उक्त ऋण आव २०७३-७४ को कूल गार्हस्थ्य उत्पादनको २६.८४ प्रतिशत रहेको हो । त्यसमा आन्तरिक ऋण १०.९१ प्रतिशत र वैदेशिक ऋण १५.९३ प्रतिशत रहेको छ ।

कूल जनसंख्या दुई करोड ८७ लाख २९ हजारलाई आधार मान्दा यस वर्षसम्म प्रतिव्यक्ति कूल ऋण दायित्व २४ हजार २७६ रहेको छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ