arrow

सुध्रेन घरमै पनि दिल्ली, सन्दीप खेल्ने आशा झन् कमजोर बन्दै 

logo
प्रकाशित २०७५ वैशाख ११ मंगलबार
delhi.jpg

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका भरपर्दा स्पीन बलर सन्दीप लामिछाने सम्मिलित टिम दिल्ली डेयर डेभिल्सको आइपीएलमा खराव यात्रा जारी छ । 

घरेलु मैदानमा समेत पराजित भएपछि दिल्ली शिर्ष चारमा पर्ने सम्भावनाबाट टाढिँदै गएको छ । दिल्लीले घरेलु मैदानमा हार बेहोर्दा भने सन्दीप एक खेल पनि खेल्न नपाउने सम्भावना बढेको छ । 

दिल्लीले ट्वीटर साइटमा सन्दीपले सोमबार रातिको खेलमा किंगस इलाभेन पंजाब विरुद्ध खेल्ने सम्भावना रहेको भन्दै तस्वीर पोष्ट गरेको थियो । 

तर त्यो केवल सन्दीपका समर्थकलाई आफ्नो खेमामा पार्ने लक्षण रहेछ । दिल्लीलाई पंजाबले ४ रनले हरायो ।

खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पंजाबले ८ विकेटको नोक्सानीमा १४३ रन मात्रै बनायो । करुण नायरले ३४ तथा डेभिड मिलरले २६ रन जोडे ।

इंगल्याण्डका खेलाडी लियाम प्लंकेटले १७ रन खर्चेर ३ विकेट लिए । 

जवाफमा दिल्लीले ८ विकेटकै नोक्सानीमा १३९ रन बनाउन सक्यो ।

श्रीयस ऐयरले ५७ रन जोडे । कप्तान गौतम गम्भीरले १३ बलमा ४ रन मात्रै बनाउन सके । 

घरेलु मैदानमै बेहोरेको यो हारले दिल्लीले नयाँ खेलाडीलाई अवसर दिने सम्भावना कमजोर बन्दै गएको छ । 

यसको सबैभन्दा बढी मार सन्दीपलाई पर्न सक्नेछ । र, पनि दिल्लीको यो मैदान स्पिन फेबरको मैदान भएकाले यो मैदानमा हुने कुनै न कुनै खेलमा सन्दीपको डेब्यु हुनेछ । 

डेब्युमा चमत्कार गर्न सके उनले राम्रो एक्सपोजर पाउने छन् । 

दिल्लीको ६ खेलबाट २ अंक मात्रै छ र पुछारमा छ । पुछारबाट दोस्रो स्थानमा रहेको मुम्बई इन्डियन्सको पनि २ अंक नै छ । 

मुम्बईले मंगलबार राति सनराईजर्स हैदरावादसंग खेल्दैछ ।

लिगमा ६ खेलबाट १० अंकको पंजाब शिर्ष स्थानमा छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ