arrow

अञ्चल अस्पतालमा डायलाइसिस सेवा

logo
नारायण रिजाल 
प्रकाशित २०७५ वैशाख ११ मंगलबार
DSC_0296.JPG

बैशाख । बागलुङको धौलागिरी अञ्चल अस्पतालमा सोमबारदेखि डायलाइसिस सेवा सुरु भएको छ । डायलाइसिस सेवा धौलागिरीमा नै पहिलो पटक सुचारु भएको हो । 

मृगौलाका विरामीलाई निःशुल्क उपचार दिन स्वास्थ्य मन्त्रालयले गत वैशाखमा अञ्चल अस्पतालमा दुई उपकरण पठाएको थियो । उपकरण चलाउन सक्ने दक्ष जनशक्ति नहुँदा १ वर्ष देखी मेसिन थन्किएको थियो । 

तत्कालिन स्वास्थ्य मन्त्री गगन थापाको कार्यकालमा सबै अञ्चल अस्पतालमा डायलासिस सेवा सुचारु गर्ने उद्देश्यले उपकरण पठाईए पनि दक्ष जनशक्तिको अभाव देखाउँदै अस्पतालले सेवा सुचारु गर्न सकेको थिएन । सेवा सुचारु नहुँदा धौलागिरीका सयौं मृगौलाका विरामी उपचारबाट बन्चित भएका थिए । 

अस्पतालले सोमबार सफल परिक्षण पश्चात औपचारिक रुपमा सेवा संचालन गरेको प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा.सागर कुमार राजभण्डारीले बताए । राजभण्डारीका अनुसार अस्पतालमा रहेको दुई वटै मेसिन बाट सेवा सुचारु गरिएको छ । सेवा संचालनका लागि दुई जना डाक्टर दुई स्टाफ नर्स एक प्राविधिक र एक कार्यालय सहयोगी गरी ६ जनाको टोली खटिने छ । 

बागलुङमा करिब ३० भन्दा बढि मिर्गौलाका विरामी रहेको डा.राजभण्डारीले बताए । उनीहरुलाई अस्पतालबाट सहज रुपमा नियमिति सेवा दिनेछौं उनले भने, ‘दुई वटा मेसिनबाट दैनिक ४ जनाको सम्म उपचार गर्न सकिन्छ ।’ 

बागलुङ नगरपालिका वडा नं. ४ कुँडलेका खोपप्रसाद सापकोटा सोमबार पहिलो विरामीको रुपमा सेवा लिएका छन । ५६ बर्षिय सापकोटा आफ्नै घर नजिकैको अस्पतालबाट सेवा लिन पाउँदा निकै खुसी देखिन्थे । 

हजारौं खर्च गरेर पोखरा काठमाडौंका अस्पतालमा धाउनुपर्ने बाध्यता हटेको छ । सापकोटाका छोरा शिव सापकोटा भन्छन् ‘बाबाको यहीको अस्पतालमा उपचार गराउन पायौं अबको दिनमा उपचारमा सहज हुने भयो’ यसले हाम्रो परिवारलाई मात्र नभई धौलागिरी आसपासका क्षेत्रका मिगौंला पिडितका लागि ठुलो टेवा पुग्ने छ । उनका बाबा ७ वर्ष देखी मिर्गौलाको समस्याबाट पिडित रहेका छन । बाबाको २ वषै देखी नियमित डायलाईसिस गरेको सापकोटा बताउँछन । 

उपकरण सञ्चालन नगर्नु अस्पताल व्यवस्थापनको लार्पवाही भएको बिरामीको गुनासो पछि अस्पताल प्रशासनले ३ महिना सम्ममा सेवा संचालन गर्ने प्रतिवद्धता जनाएको थियो । 
उपकरण भए पनि प्राविधिक जनशक्ति अभाबले सेवा दिन सकिरहेका थिएनौ, अब हामी नियमित सेवा संचालन गर्ने छौं अस्पताल विकास समितिका अध्यक्ष रामजीप्रसाद सुवेदीले भन्छन् ‘दुई जना डाक्टर सहित सवै प्रावधिक तालिम लिएका छन् । 

यहाँ आउने विरामीलाई अब रिफर गर्नुपर्दैन । कम्तिमा तीन महिना तालिम गरेको दक्ष स्वास्थ्यकर्मी आवश्यक पर्ने हुँदा केही व्यवस्थापनमा ढिला भएको सुवेदीले बताए । अस्पतालले सेवा सुरु गर्न मानवअंग प्रत्यारोपण केन्द्रबाट डाक्टर सुश्मा आचार्य सहिति अन्य स्वास्थकर्मिलाई तालिमका लागि पठाएको थियो । 

धौलागिरी अस्पतालमा सेवा सुरु हुँदा बुवालाई काठमाडौं, पोखरा लगेर उपचार गराउने समस्या बाट मुक्त हुने जैनिमी १ का देव शर्मा आचार्य बताउँछन । ‘अस्पतालमा सामान हुँदा पनि सेवा बाहिर जानु परेको थियो अब हामीले यही सेवा पाउने भयौं आचार्य भने, ‘अन्यत्र जानुपर्दा धेरै आर्थिक भार कम हुने छ । 

घरमै बसेर सेवा लिन पाउने छौं । ७३ बर्षिय उनका बुवा लक्ष्मीप्रसाद मृगौलाको पीडित छन् । नियमित डायलासिस गर्नु पर्ने भएकाले उनी र उनको परिवारलाई निकै समस्या परेको थिया । ‘यहीँको अस्पतालमा सेवा संचालन सँगै आफुहरुलाई ठुलो राहत हुने आचार्यले बताए । 

अस्पतालमा १६ जना विषेशज्ञ र ६ जना मेडिकल अधिकृत गरी २२ जना चिकित्सकको दरबन्दी छ । दरवन्दी भए पनि चिकित्सक नआउँदा अस्पतालका अन्य सेवा प्रभावित भएका छन । अहिले ६ जना मेडिकल अधिकृतको पदपुर्ति भएको अस्पतालको शाखा अधिकृत यज्ञप्रसाद रिजालले बताए । 

१६ जनाको दरबन्दीमा ३ विशेषज्ञ मात्र पदपुर्ति छ रिजालले भने ५ जना मेडिकल अधिकृत करारमा रहेका छन । अञ्चल अस्पताल भए पनि विशेषज्ञ सेवा दिन डाक्टरको सधै अभाव नै रहेको छ । दैनिक साढे तीन सय बिरामी आउने अस्पताल प्रशासनले जनाएको छ । 

अस्पतालमा उपकरण, चिकित्सकको मात्र नभएर भौतिक पूर्वाधारको पनि अभाब छ । भवन निर्माणका लागि जिम्मा लिएको ठेकेदार कम्पनीले तोकिएको समयमा निर्माण सम्पन्न नगर्दा अस्पतालमा उपचार सेवा दिने भवनको अभाव भएको छ ।  

सात बर्षदेखि निर्माणाधिन भवनहरु अझै पुरा भएका छैनन् अध्यक्ष सुवेदीले भने, ‘भवन बनाउने जिम्मा लिएको शितल निर्माण सेवाको म्याद सकिएको पनि दुइ बर्ष बितिसकेको रहेछ । निर्माण कम्पनीहरुलाई सम्पर्कमा ल्याएर पुन काम सुरु गरेका छौं । 

सुवेदीले आफु आएको  ३ महिना भएको र पहिलो प्राथमिकता डायलाईसिस सेवा संचालन गर्ने त्यो पुरा भएको बताए । भवन निर्माणको जिम्मा लिएको निर्माण कम्पनी पनि सम्पर्कमा आएर काम सुरु गरेको उनको भनाई रहेको थियो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ