arrow

च्याम्पियन्स लिग: सलाह रोमाको आक्रमणमा पर्ने क्लोपको शंका 

logo
प्रकाशित २०७५ वैशाख ११ मंगलबार
Klopp_Salah.jpg

एजेन्सी। च्याम्पियन्स लिग फुटबलको सेमीफाईनल संस्करण नेपाली समय अनुसार बुधबार बिहानदेखी शुरु हुँदैछ।पहिलो सेमीफाईनल ईङलिश क्लब लिभरपुल र ईटालियन क्लब एएस रोमा बिच हुनेछ । दोस्रो सेमीफाईनल खेल बिहिबार रियाल मड्रिड र बायर्न म्युनिख बिच हुनेछ । 

लिभरपुलले क्वार्टरफाईनलमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीलाई पराजित गरेरसेमीफाइनल यात्रा तय गरेको थियो भने रोमाले लालिगा उपाधि सुनिस्चित भइसकेको बार्सिलोनालाई पराजित गरेको थियो। 

दुवै टोलीले यो सिजन उच्च स्तरिय प्रदर्शन गरिरहेका टोलीहरुलाई पराजित गरेर सेमीफाईनलको यात्रा तय गरेका हुन। यसैबाट प्रष्ट हुन्छ की सेमीफाईनलको पहिलो लेग दुवै टोलीलाई सहज छैन। 

दुई टोली बिचको सेमीफाईनलको पहिलो खेल लिभरपुलको घरेलु मैदान एनफिल्डमा हुनेछ । लिभरपुललाई आफ्नो घरेलु मैदानको फाईदा भने हुने निश्चित छ। 

लिभरपुलसँग अहिले विश्वका उदयमान स्ट्राईकर मोहोम्मद सलाहको साथ रहेको छ। उनले 'प्रोफेसनल फुटबलर असोसिएसन' बाट 'प्लेयर अफ दि ईयर'को उपाधि हात पारेका छन्। 

लिभरपुल कोच क्लोप भन्छन -' सलाहले आफ्ना पुर्व क्लबका खेलाडीहरुसँग कुनै मित्रवत ब्यवहार पाउने छैनन्' । ईटालियन क्लबको रक्षात्मक टोली आक्रमक रहेको छ र सलाहलाई निरन्तर आक्रमण हुने निश्चित रहेको छ।'

क्लोपले सलाहमाथि बर्बर आक्रमण पनि हुन सक्ने शंका गरेका छन्। 

रोमाका डिफेन्डर कोलारोभ भन्छन -'हामी सलाह बिरुद्ध मात्र ध्यान एकिकृत गर्दैनौं। हामीले यसैगरि मेस्सीमा मात्र ध्यान केन्द्रित गरेका थिएनौं । हामी एउटा टोली भएर खेल्छौं र पुर्ण फुटबल खेल्छौं।' 

प्रिमियर लिगको खेलमा फर्मिनो, रोबर्टसन, ट्रेन्ट ऐलेक्सजेन्डर, डेजाँ लोवरेन र चेम्बरलिनलाई क्लोपले आराम दिएका थिए। पहिलो लेगमा लिभरपुलले आफ्ना सबै प्रमुख खेलाडी खेलाउने क्लोपले बताएका छन्। 

रोमा सिरी एमा तेस्रो स्थानमा रहेको छ। उसले पनि आफ्नो अन्तिम सिरी ए खेलमा आफ्ना केही प्रमुख खेलाडीहरुलाई आराम दिएको थियो। अलेक्जेन्डर कोलारोभ, अलेसान्द्रो फ्लोरेन्जी, ड्यानियल डि रोसी र एडेन जेकोलाई पहिलो लेगमा खेलाउने छ। 

रोमाले क्वार्टरफाईनलको पहिलो लेगमा ४-१ले पराजित भएपनि दोस्रो लेगमा ३-०को जित निकाल्दै बार्सिलोनालाई स्तब्ध बनाएको थियो। बार्सिलोनालाई हराएको टोलीको मनोबल उच्च रहनेमा कुनै शंका रहन्न। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ