arrow

शेयर बजार दोहोरो अंकले घट्यो

logo
प्रकाशित २०७५ वैशाख ११ मंगलबार
nepse-index.jpg

काठमाडौं। शेयर बजारमा आज नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार १५.९९ बिन्दुले ओरालो लागेर नेप्से परिसूचक एक हजार ३९४ बिन्दुमा पुगेको छ। ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४२ बिन्दुले ओरालो लागेर २९४.६२ बिन्दुमा पुगेको छ।

आज कूल १७० कम्पनीको १७ लाख १९ हजार ८०० कित्ता शेयर रु ७३ करोड ९२ लाख २२ हजार ५९ मूल्यमा खरिद बिक्री भएको स्टकले जनाएको छ। आज व्यापार उपसमूहबाहेक अरु सबै उपसमूहको शेयर ओरालो लागेको छ। व्यापार समूह २.८७ बिन्दुले बढ्दा बैंकिङ १५.८५, होटल ११.८३, विकास बैंक २७.७९, जलविद्युत् १३.१, फाइनान्स ९.९२, बीमा ७६, उत्पादन ९.९१, अन्य ६.८३, माइक्रोफाइनान्स १०.५१ बिन्दुले ओरालो लागेको छ। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ