arrow

मन्त्री अधिकारीले भने : निषेधित क्षेत्र तोडेकोमा माफी दिनुस्

अशक्तका लागि विद्युतीय सवारीको व्यवस्था गर्छु

logo
प्रकाशित २०७५ वैशाख १२ बुधबार
rabindra-adhikari-uml.jpeg

काठमाडौं। सवारी निषेधित क्षेत्रमा आफ्नो गाडी प्रवेश गरेको विषयलाई लिएर संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले माफी मागेका छन्।

गत चैत २० गते पशुपति क्षेत्र जाने क्रममा आफ्नो गाडी सवारी निषेधि क्षेत्रमा प्रवेश गरेकोमा मन्त्री अधिकारीले माफी मागेका हुन्। पशुपति क्षेत्रलाई सहयोगापेक्षी (मगन्ते) रहित क्षेत्र घोषणा गर्ने कार्यक्रममा गएको बेला आफुहरु सवारी निषेधित क्षेत्र बाहिरबाट हिँडेर गए पनि, कार्यक्रम स्थलमा पानी परेको र त्यही बेला आफ्नो सवारी निषेधित क्षेत्रमा पुगेको बुझिएको भन्दै मन्त्री अधिकारीले नीजि सचिवालय मार्फत विज्ञप्ती निकाल्न लगाउँदै, आइन्दा यस्ता कमी कमजोरी नदोहर्याउने प्रतिवद्धता पनि जनाएका छन्।

गल्ती नदोहर्याउने बाचा सहित विज्ञप्ती निकालेको मेसोमै मन्त्री अधिकारीले पशुपति क्षेत्रमा अशक्त र फरक क्षमता भएकाहरुका लागि विद्युतीय सवारी साधानको व्यवस्था गरिदिने आश्वासन दिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ