arrow

च्याम्पियन्स लिग: रोनाल्डोको प्रदर्शनले नतिजा फरक पार्ने सेमीफाईनल

 रोनाल्डो र लेवण्डोस्की बिचको भिडन्त

logo
प्रकाशित २०७५ वैशाख १२ बुधबार
ronaldo--op.jpg.jpeg

एजेन्सी। च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमीफाईनलको पहिलो लेगमा जर्मनी क्लब बायर्न म्युनिख र स्पेनी क्लब रियाल मड्रिड आमने सामने हुँदैछन्। 

बायर्नले आफ्नो घरेलु लिग बुन्डेस लिगा पाँच खेल बाँकी हुँदा जितीसकेको छ भने रियाल मड्रिड ला-लिगामा तेस्रो स्थानमा रहेको छ। 

१२ पटकको बिजेता रियाल मड्रिड १३औं बिजयकालागि फाईनल पुग्न चाहान्छ भने पाँच पटकको बिजेता बायर्न पनि छैठौं उपाधिकालागि खेल्न चाहान्छ । 

मड्रिडले सन् २०१४-१६ र १७ गरेर चार बर्षमा तीन उपाधि हात पारेको छ भने बायर्नले सन् २०१३मा अन्तिम पटक उपाधि जितेको थियो। 

क्रिष्टियानो रोनाल्डोले पछिल्लो च्याम्पियनस् लिगका ११ खेलमा १७ गोल गरेका छन्। उनले सबै ११ खेलमा कम्तिमा १ गोल गरेका छन्। रोनाल्डोको अ्रको पनि रेकर्ड रहेको छ। उनले बायर्न बिरुद्ध च्याम्पियन्स लिगमा ९ गोल गरिसकेका छन् । उनले सबैभन्दा बढी इउटै बिरोधि बिरुद्ध १० गोल युभेन्टस बिरुद्ध गरेका छन्। 

रोनाल्डोले यो सिजन ४२ गोल गरिसकेका छन् भने बायर्नका स्टार खेलाडी रोबट लेवण्डोस्कीले ३९ गोल गरेका छन् । दुवै खेलाडी राम्रो फर्ममा रहेका छन् जस्ले गर्दा खेल रोमाञ्चक हुने निश्चित रहेको छ। 

रोनाल्डोले सन् २०१७को क्वार्टरफाईनल खेलमा बायर्न बिरुद्ध ५ गोल गरेका थिए। रिायलले बायर्नलाई ६-३ले पराजित गरेको थियो। 

उनको प्रदर्शनले बायर्न बिरुद्धको सेमीफाईनलमा पनि प्रत्यक्ष प्रभाव पार्नेछ। महत्वपुर्ण खेलहरुमा रोनाल्डोले आफ्नो टोलीलाई निराश पारेको सायदै देखिएको छ। रोनाल्डो 'बिगम्याच प्लेयर'का रुपमा विश?व फुटबलमा परिचित रहेका छन्।

प्रतियोगितामा सबैभन्दा बढी गोल गर्नेमा रियालका क्रिष्टियानो रोनाल्डो १२० गोल सहित पहिलो स्थानमा रहेका छन भने रियाल कै  करिम बेन्जेमा  ५३ गोल सहित पाँचौं स्थानमा रहेका छन्। 

रियाल र बायर्न यसअघि २४ पटक एक अर्कासँग भिडिसकेका छन्। जस्मा दुवै टोलीले ११-११ खेल जितेका छन्। 

बायर्नको घरेलु मैदानमा हुने खेलमा केही सहयोग बायर्नलाई हुने भए पनि बायर्नले गोल नखाने रणनीति अख्तियार गर्नेछ भने अवे गोलको फाईदाकालगि रियालले आक्रमणमा जोड दिने छ।। 

संभवत रियालकालागि रोनाल्डो र बेन्जेमाले सुरुवात गर्ने छन् भने अर्का स्टार गारेथ बेल सब्सटिच्युटमा हुनेछन् । दुवै टोलीमा बिश्व स्थरीय खेलाडीहरु रहेकोले खेलको नतिजा यसै भन्न नसकिने बिश?लेषकहरुको दावी रहेको छ। 

बायर्नका म्यानेजर जिदानले भनेका छन् - 'हामी गोल गर्ने प्रयास गर्नेछौं तर अन्तत: यो फुटबल हो नतिजा जे पनि आउन सक्छ'। 

बायर्नकालागि हामेस रोड्रिगेजले सुरुवात गर्ने संभावना रहेको छ। रियालबाट लोनमा बायर्न गएका रोड्रिगेजलाई सुरुवात गराउने रणनीति बायर्नको हुनेछ ।

बायर्नका कोचले रोनाल्डोको बारे भनेका छन् 'उ हाम्रो लागि गफ रयोजनाको बिषय हो तर हामीसँग पनि लेवण्डोसकी छ'। उनले अगाडी भने 'दुवै टोलीमा विश्व स्तरीय खेलाडीहरु छन्। ' यसबाट प्रस्ट हुन्छ बायर्नले सकरात्मक फुटबल खेल्नेछ। 


 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ