गंभिरले दिल्ली डेयरडेविल्सको कप्तानी छाडे, प्रदर्शन खस्के पछिको निर्णय
प्रकाशित २०७५ वैशाख १२ बुधबार
331
Shares
काठमाडौं। भारतीय क्रिकेट लिग (आईपीएल)को टोली दिल्ली डेयरडेविल्सको कप्तानी गरिरहेका गौतम गंभिरले कप्तान पदबाट राजिनामा दिएका छन्। उनको स्थानमा श्रेयस ऐयर कप्तान घोषित भएका छन्।
नेपाली क्रिकेटर सन्दिप लामिछानेलाई किनेको टोली दिल्लीले खासै राम्रो प्रदर्शन गर्न नसकेपछि गंभिरले कप्तानी छाडेका हुन्। 'यो मेरो निर्णय हो र मैले खास राम्रो प्रदर्शन गर्न नसकिरहेको अवस्थामा जिम्मेवारी सार्नु पर्ने देखेर यो निर्णय लिएको ' गंभिरले दिल्लीमा भएको प्रेस मिटमा बताएका छन्।
दिल्ली अहिले जारी प्रतियोगिताको अंक तालिकामा पुछारमा रहेको छ। ६ खेलमा १ खेल मात्र जितेको दिल्लीको २ अंक रहेको छ।
दुई पटक कोलकातालाई उपाधि दिलाएका गंभिर यो सत्रमा दिल्लीसँग अनुबन्धित भएका हुन्।