arrow

नेपाल बैंकले साढे दुई अर्ब कमायो

logo
प्रकाशित २०७५ वैशाख १२ बुधबार
nepal-bank.jpeg

काठमाडौं। नेपाल बैंक लिमिटेडले चालु आर्थिक वर्षको प्रथम नौ महिनामा रु दुई अर्ब ५६ करोड ७७ लाख खुद मुनाफा आर्जन गरेको छ । यस अवधिमा बैंकको सञ्चालन मुनाफा रु तीन अर्ब १२ करोड रहेको बैंकले जनाएको छ।

बैंकको खुद मुनाफा गत वर्षको यस अवधिको तुलनामा २.०६ प्रतिशतले बढी छ। यस अवधिमा बैंकको निक्षेप रु ९० अर्ब ८१ करोड र कर्जा रु ७९ अर्ब ७१ करोड पुगेको छ। बैंकको कूल भाखा नाघेको कर्जा अनुपात २.९१ प्रतिशत रहेको छ।

बैंकका प्रेस संयोजक मुकुन्द अर्यालका अनुसार बैंकले तीन महिनाभित्र मुलुकभरका विभिन्न २७ स्थानमा शाखा स्थापना गर्दैछ। आठ दशक यता अविच्छिन्नरुपमा देशको वित्तिय सेवामा संलग्न यस बैंकले हाल मुलुकका हिमाल पहाड तराईका ५४ जिल्लामा फैलिइ १३६ शाखा ११ एक्सटेन्सन काउन्टर र ७१ वटा एटिएम आउटलेटमार्फत १२ लाख ग्राहकलाई प्रत्यक्ष बैंकिग सेवा पुर्याइरहेको छ। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ