arrow

पाल्पामा पेट्रोलियम पदार्थको अभाव

logo
रामचन्द्र रायमाझी,
प्रकाशित २०७५ वैशाख १२ बुधबार
petrol-pump.jpeg

पाल्पा। जिल्लामा सर्वसाधारणका लागि अत्यावश्यक पेट्रोलियम पदार्थमा अभाव देखिएको छ। जिल्लामा माग अनुसार पेट्रोलियम पदार्थ उपलब्ध नहुदाँ एक साता देखि अभाव देखिएको हो।

तानसेनमा रहेका श्रीनगर आयल, तानसेन ट्रेडर्स बसपार्क, भैरव दर्शन लामीडाँडा, हाईवे वृन्दावन लगातका पेट्रोलपम्पहरुमा तेल नभए पछि सुचना टास गरिएको छ। बुधबार पेट्रोल राख्न श्रीनगर आयलमा पुगेका तानसेनका लक्ष्मण गहतराजले पट्रोल नपाए पछि खाली फर्कनु परेको गुनासो  गरे।

पम्पमा सिमित मात्रमा डिजल वितरण भए  पनि अति आवश्यक पेट्रोलको अभाव देखिएको छ। श्रीनगर आयल निगमका सञ्चालक हेमन्तराज शाक्यले नेपाल आयाल निगम क्षेत्रीय कार्यालय भलबारीले तेल बोक्ने ट्यांकरमा सुरक्षात्मक लकिङ प्रणलीमा सुधार ल्याउनका लागि केही समय पेट्रोल सप्लायर्समा समस्या आएकाले माग अनुसार जिल्लामा तेल भित्रन नसकेको बताए। शाक्यले भने आईतवार जिल्लामा ४० हजार लिटर मात्र तेल भित्रिएको बताए।

ग्राहक वर्गमा सटेज हुने भ्रम परेकाले दिनहु हुने माग भन्दा बढी खपत भएकाले यस्तो अवस्था सिर्जना भएको सञ्चालक शाक्यले बताए। यस्तो समस्या एक दुई दिनमै समस्या हुने पनि उनले जानकारी दिए। मानव जीवनमा अत्यावश्यक पर्ने पेट्रोलियम पदार्थमा  दीर्घकालीन समधान खोजी सहजता ल्याउन तत्काल सरकारले पहल गर्नु पर्ने जिल्लाका सरोकारवालाहरुले बताएका छन्।

प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले आयल निगमको क्षेत्रिय कार्यालयलाई तेल सहजतका लागि आग्रह गरेको बताए। प्रमुख ढकाले भने जिल्लामा पेट्रोल अभाव हुन नदिन प्रशासनले सम्वन्धित निकाय सँग समन्वय गर्ने पनि  बताए। यस अघि पनि नेपालमा संविधान जारी भएपछि असन्तुष्ट भारतले नाकाबन्दी गर्दा  पाल्पाली जनताले लामो समय सम्म पेट्रोलियम पदार्थको सास्ती खेप्नु परेको थियो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ