arrow

बैंगलोरको विजोग, अगाडि बढ्यो चेन्नई एक्सप्रेस

logo
प्रकाशित २०७५ वैशाख १३ बिहिबार
chennai.JPG

काठमाडौं । भारतमा चलिरहेको आइपिएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोर कमजोर बन्दै गएको छ । बैंगलोरले घरेलु बैंगलुरुमा बुधबार राति भएको खेलमा चेन्नई सुपर किंग्ससंग ५ विकेटको हारको सामना गर्नुपर्यो । 

खेलमा पहिले ब्याटिङ गरेको बैंगलोरले सम्मानजनक ८ विकेटको नोक्सानीमा २०५ रन बनायो । एविडे भिलियर्सले ३० बलमा ६८ रन बनाए । मन्दिप सिंहले १७ बलमा ३२ रन थपे । 

दयाने ब्राभो इम्रान ताहिर, र सर्दुल ठाकुरले २–२ विकेट लिए । 

जवाफमा चेन्नईले २ बल खेल्न बाँकी छँदै ५ विकेटको क्षतिमा जित हासिल गर्न सफल भयो । 

यो खेलपछि चेन्नई ६ खेलबाट १० अंकसहित शिर्ष स्थानमा पुगेको छ । बैंगलोर ४ अंकसहित छैटौं स्थानमा छ । 

अम्बाटी रायुडुले ५३ बलमा ८२ तथा कप्तान महेन्द्र सिंह धोनीले ३४ बलमा नटआउट ७० रन बनाएर जिताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ