arrow

भारतीय पेयपदार्थको चोरीपैठारी बढ्दै, नेपाली अर्थतन्त्र धरासायी 

उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर 

logo
दीपेन्द्र बस्नेत
प्रकाशित २०७५ वैशाख १३ बिहिबार
punarbas3.jpg

पुनर्वास । पश्चिम नेपालको कञ्चनपुरको दक्षिणी सीमान्त पुनर्वासमा भारतीय गुणस्तरहीन पेय पदार्थको चोरीपैठारी बढेपछि उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असरसंगै स्वदेशी अर्थतन्त्र नराम्ररी प्रभावित हुने देखिएको छ । 

खुला सिमानाका कारण भारतीय बजारहरुबाट चिसो पेय पदार्थको बढेको चोरीपैठारी बढेकोले स्वदेशी उत्पादन कर्ता र ब्यबसायी मर्कामा पर्ने स्थिति देखिएको छ । 

आयात गर्न प्रतिबन्धित पेय पदार्थको चोरीपैठारीले स्वदेशी लगानीलाई चौपट पार्नुका साथै उपभोक्ताको स्वास्थ्यमा समेत असर पर्ने देखिएको छ । बैधानिक नाका नभएका पुनर्वास र सिमावर्ती आसपासका क्षेत्रहरुबाट गर्मी याम सुरु भए संगै भारतीय पेय पदार्थको चोरी पैठारी बढेको छ । 

यसरी भारतीय बजारबाट दैनिक निर्वाध भइ रहेको चोरीपैठारीका कारण नेपाली बजारमा बैधानिक रुपमा पेय पदार्थको बिक्रीवितरण गर्दै आएका कम्पनीहरुको बिक्री घटेको कम्पनीका प्रतिनिधिहरुले जनाएका छन् । 

सीमा पारीका बजारबाट दैनिक ठूलो परिणाममा पेय पदार्थहरुको चोरीपैठारीका कारण  पुनर्वास,बेलौरी र आसपासका नेपाली बजारमा यस वर्ष ६० प्रतिशत आफ्नो कम्पनीले बिक्रीवितरण गर्दै आएको कोकोकोला कम्पनीका प्रतिनिधि पंकज रावलले बताए । 

कोक,डियु लगायतका भारतीय पेय पदार्थको बिक्री नेपाली बजारमा वृद्धि हुँदा आर्थिक नोकसान उठाउन परेको रावलले बताए । गत वर्ष नेपाली पेय पदार्थको कारोबार उल्लेख्य भए पनि यस वर्षको सुरुआतमै बिक्री घटेको उनले बताए । 

सीमापारीबाट चोरीपैठारी अचाक्ली बढ्न थाले पछि स्थानिय ब्यबसायीहरुको पहलमा पुनर्वास उद्योग बाणिज्य संघले चोरीपैठारीका गुणस्तरहीन पेय पदार्थ चोरीपैठारी नियन्त्रण गर्न  प्रहरीलाई पत्राचार गरि अनुरोध समेत गरेको छ । 

स्वदेशी उद्योग र ब्यबसायको अस्तित्व संकटमा पर्ने गरि भइ रहेको चोरीपैठारी नरोकिए नेपाली अर्थतन्त्र नराम्ररी प्रभावित हुने स्थानिय ब्याबसायीहरु बताउछन् । 

गर्मी मौसम सुरु भए संगै सीमावर्ती भारतीय बजारबाट नेपाली बजारमा भित्रीएका पेय पदार्थबाट स्थानीय उपभोक्ताहरुको समेत स्वास्थ्यमा गम्भीर असर पर्ने भएकाले नियन्त्रणमा सम्बन्धित सरोकारवाला निकायको पहल हुन आबश्यक रहेको स्थानिय बासिन्दाहरुको भनाई रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ