arrow

अर्थमन्त्रीको श्वेतपत्रलाई तथ्यांक विभागको लोप्पा

नेपालीको वार्षिक आय हजार डलर नाघ्यो

logo
प्रकाशित २०७५ वैशाख १३ बिहिबार
khatiwada.JPG

काठमाडौं। मुलुकको अर्थतन्त्र नाजुक अबस्थामा पुगेको दाबी सहित आर्थिक क्षेत्रको विद्वान् मानिने अर्थमन्त्री डा युवराज खतिवडाले जारी गरेको श्वेत पत्रलाई सरकारै अर्को निकाय तथ्यांक विभागले झूठ करार गरेको छ। अर्थमन्त्रीको तथ्यांकलाई चुनौती दिँदै विभागले सार्वजनिक गरेको आर्थिक अभिलेखले अर्थतन्त्रको आकार बढेको छ देखाएको छ। आर्थिक वृद्धि दर पनि करीब ६ प्रतिशत पुग्ने अनुमान गरेको छ।

यसअघि विश्व बैंकले चालू आर्थिक वर्ष नेपालको आर्थिक वृद्धि ४.६ हुने र एसियाली विकास बैंकले ४.९ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेका थिए। तथ्यांक विभागले कुल गाह्रस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान भने घटेर करीब २८ प्रतिशतमा झरेको पनि सेवा क्षेत्रको योगदान ५८ प्रतिशत पुगेका कारण आर्थिक वृद्धि सन्तोषजनक हुने तर्क गरेको छ। 

तथ्यांक विभागका अनुसार मुलुकको कूल गार्हस्थ उत्पादन बढेर अर्थतन्त्र ३० खर्ब ७ अर्ब २४ करोड पुगेको छ। कुल गार्हस्थ उत्पादन वृद्धिदर आधारभूत मूल्यमा ५.८९ प्रतिशतले बढेर ३० खर्ब माथि पुगेको विभागको दाबी छ। 

विभागका अनुसार चालू मूल्यमा कुल उत्पादन आधारभूत मूल्यमा ४२ खर्ब ६ अर्ब पुगेको छ भने उपभोग र उपभोक्ताको मूल्यमा १४ खर्ब ८६ अर्ब पुगेको छ। चालू मूल्यमा वस्तु तथा सेवाको निर्यात ११ खर्ब ५ अर्व र रेमिट्यान्स ७ खर्ब २९ अर्ब रहेको पनि विभागले जनाएको छ। 

कृषि क्षेत्रको वृद्धि २.९२ प्रतिशत मात्रै भए पनि निर्माण तथा उद्योग क्षेत्रमा ८.७ प्रतिशत र सेवा क्षेत्रमा ६.६ प्रतिशतको आर्थिक वृद्धि हुने विभागले जनाएको छ। शिक्षामा ४.८ र स्वास्थ्य क्षेत्रमा ६.३ प्रतिशतले वृद्धि हुने प्रक्षेपण पनि गेरेको छ। विभागले नेपालीको प्रतिव्यक्ति आय पहिलोपटक १ हजार ४ अमेरिकी डलर पुगेको जनाएको छ। नेपालीको आय गत वर्ष ८६० अमेरिकी डलरको हाराहारीमा थियो। 

नेपालीहरुको प्रतिव्यक्ति आय यसपाली थप सुधार आएर पहिलो पटक १ लाख रुपैयाँमाथि पुगेको हो। अर्थमन्त्री खतिवडाले गत चैत १६ गते श्वेतपत्र सार्वजनिक गर्दै मुलुकको अर्थतन्त्र नाजकु अवस्थामा पुगेको जिकिर गरेका थिए। प्रतिपक्षी नेपाली कांग्रेसले भने वास्तविक आर्थिक स्थिति लुकाएर सरकारले श्वेत पत्रको नाममा ‘लालपत्र’ निकालेको आरोप लगाएको थियो। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ