arrow

नेपाल–बंगलादेश क्वार्टरफाइनल भिडन्त र कप्तान राजु

logo
प्रकाशित २०७२ माघ २२ शुक्रबार
nepal-bangladesh.jpg.jpeg
काठमाडौं । बंगलादेशमा जारी आइसीसी यू –१९ विश्वकप क्रिकेटमा १५ वर्ष पछी क्वार्टरफाइनल खेलेको नेपाली यू–१९ टोली कप्तान राजु रिजाल आकर्षण रहे । यद्यपि, विश्वकप छनोट खेलमा युगाण्डाविरुद्ध शतक प्रहार गरेका राजुको शतक बनाउनने योजना सफल हुन सकेन । राजुले हाल सम्म बंगलादेशमा जारी प्रतियोगितमा नेपालकोतर्फबाट उच्च स्कोर बनाएका हुन् ।
 
बंगलादेशको यू–१९ टोलीको सहजिकरणका लागि  शेर बंगला नेशनल स्टेडियम पुगेका बंगलादेशी सिनियर टिम प्रशिक्षकलाई राजुले चहकित पारिदिए । नेपालको प्रशिक्षण जगत टमाटाले सम्हालिरहेका छन् । बंगलादेशले सिनियर प्रशिक्षकको सहयोगमा बलिङ चुस्त बनाएको बुझिन्छ । 
 
बंगलादेशविरुद्ध ७२ रन बनाउनु नेपालका जारी विश्वकपमा सर्वाधिक अंक स्कोर हो । जारी प्रतियोगितामा कुनै पनि राष्ट्रका कप्तानले बनाएको यो दोस्रो उच्च रन हो । जारी प्रतियोगितामा हाल सम्म उच्च स्कोर बनाउने कप्तानमा वेष्ट इन्डिजका सिमरन हेटमेर छन् । उनले स्कटल्याण्डविरुद्ध १ सय ३६ रन बनाएका थिए । 
 
राजुले ८० बलको सामना गर्दै १ छक्का र ८ चौकाको मद्दतले ७२ रन बनाए । राजुको रनआउटमा नुजमल हसन सान्टो र विकेट किपर जाकिर हसन घातक सावित भए । कप्तान राजु रिजालले सुरुवाती दुई विकेट पतनको दबाब छिचोल्दै टोलीलाई डेढ सय रन नजिक धकेले । समूह चरणमा उनले न्यूजिल्याण्डविरुद्ध ४८ रन बनाएका थिए । आयरल्याण्डविरुद्ध व्याटिङ पालो नआएका राजुले भारतविरुद्ध ६ रन बनाएका थिए ।    
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ