arrow

आईसीसीद्वारा १०४ सदस्य राष्ट्रलाई टि-२० अन्तराष्ट्रीय क्रिकेटको मान्यता प्रदान

logo
प्रकाशित २०७५ वैशाख १३ बिहिबार
Dev_richardson_ICC.jpg

काठमाडौं। अन्तराष्ट्रीय क्रिकेट काउन्सिल (आईसीसी)ले आफ्ना सबै सदस्यहरुलाई टि-२० अन्तराष्ट्रीय क्रिकेटको मान्यता दिएको छ। सबै सदस्य राष्ट्रका महिला र पुरुष टोलीले उक्त मान्यता प्राप्त गरेका हुन्। आईसीसीमा अहिले १०४ सदस्य राष्ट्र रहेका छन्।

अहिलेसम्म १२ पुर्ण सदस्य र स्कटल्याण्ड, नेदरल्याण्ड, हङकङ, युएई, ओमान र नेपालसँग टि-२- अन्तराष्ट्रीयको मान्यता रहेको थियो। विश्वकप छनौट खेलमा नेपालले पाएको एकदिवसीय अन्तराष्ट्रीय क्रिकेटको मान्यतासँगै टि-२० अन्तराष्ट्रीयको मान्यता पनि पाएको थियो। 

आईसीसीका सिईओ डेव रिचर्डसनले उक्त कुरा बताएका हुन्। आइसीसीले विश?व बरीयताको नियम पनि टि-२० अन्तराष्ट्रीयमा चाँडै नै आउने बताएका छन्। 

नेपालले टि-२० विश्वकपमा सन् २०१४मा सहभागीता जनाईसकेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ