arrow

आरनलाई आधुनिकिकरण गर्दा मनग्गै आम्दनी 

logo
सागर गौतम,
प्रकाशित २०७५ वैशाख १३ बिहिबार
arana.jpg

झापा। पछिल्लो समय दुर्लभ हुँदै गएको आरन पेशाबाट यहाँका एक व्यक्तिले राम्रो आम्दानी गरिरेहका छन्। परम्परागत रुपमा दलित समुदायले गर्दै आएको  थियो । कृषि औजार तथा भाँडाकुँडा बनाउने आरन पेशा पछिल्लो समयमा दुर्लभ हुँदै गएको छ। तर, यसलाई व्यावसायिक रुपमै सञ्चालन गर्ने हो भने अत्यन्तै राम्रो आम्दानी हुने उदारहण प्रस्तुत गरेका छन् मोरङका साविक दरबेसा गा.वि.स–८ दोबानामा बसोबास गर्ने ३८ वर्षीया इन्द्रताज सेप।

बाउबाजेको पालादेखि घरमै आरन व्यवसाय गर्दै आएका सेपलाई कृषि औजार र मूर्ति बनाउन कुनै तालीम लिनु परेन। उनले आफ्ना दाई १२ वर्षको उमेरदेखि नै सँगसँगै काम गदै यो व्यवसायलाई निरन्तरता दिदै आएको बताउँछन्। उनले जिल्लामा अस्थायी पसल थाप्दै आरन उद्योग सञ्चालन गरी फलाम, तामा र सिल्भरका विभिन्न आकर्षक डिजाइनका भाँडाकुँडा, लोटा, डाडु, पन्यु, डेक्ची, कराई, मूर्ति लगायतका घरायसी भान्सा साम्रागी बनाउने गरेका छन्। यो व्यवसायबाट उनको दैनिक ३ हजारसम्म आम्दानी गर्ने गरेको छ। सीप र जागर भएमा गाउँमै स्वरोजगार बन्न सकिने आरन व्यवसायी सेपको भनाई छ।

म सहित चारजना  सहयोगी छन्, ७ वर्षदेखि बन्द थियो मेरो व्यवसाय उनी भन्छन् जनशक्ति पाउँन ग्राहो छ, एकदुइ जनाले हुन् कम्तिमा यो व्यवसायमा ४ देखि ५ जना रहदा मात्र गर्ने सकिन्छ । उनले भने, ‘मेहनत गर्नसके स्वरोजगार बन्न सकिँदो रहेछ।’ कुनै तालिम बिना सिपले पनि आफु आत्मनिर्भर बन्न सफल भएको उनको दाबी छ।

सेपले भने पछिल्लो समय नेपालमा कृषि व्यवसाय विस्तार हुँदै जाँदा कृषि औजारको पनि माग बढेकाले अहिले यो व्यवसायबाट राम्रो आम्दानी भइरहेको बताए। परम्परागत रुपमा आफ्नै बाउबाजेले गर्दै आएको पेशा, व्यवसायलाई आधुनिकीकरण गर्ने हो भने आफ्नै गाउँ ठाउँमा स्वरोजगार बन्न सकिने उनको तर्क छ। आरन पेशा व्यावसायिक बनेपछि अहिले घरखर्च चलाउन इन्द्रताज सेपलाई कुनै चिन्ता नभएको बताउँछन्।

सेपका अनुसार आरन पेसाको समुदायमा अत्यन्तै महत्व हुने भन्दै विभिन्न समयमा अन्नपात गोडमेल गर्नको लागि नयाँ कुटो कोदालो बनाउनेहरुको घुईचो लाग्ने गर्दछ । अहिले उनी अर्जुनधारा–३ स्थित जुकेखाडी सामुदायिक वनको छेउमा बैशाखको घाँमको प्रभाव नगरी यो व्यवसाय संञ्चालन गरिरहेको भेटिन्छन्।

अर्का आरन व्यवसायी वसिर मुहम्मद भने, ‘धेरै कमाउने मनसायले कोही विदेश कोही कता हराउन थालेका छन्।’यो पेशालाई जोगाउन र आफ्नो घरखर्च चलाउन पनि आरन पेशालाई व्यवसायीकता दिने गरेको बताए।

आर्थिकतर्फ आरन पेशा केन्द्रित
मोरङ जिल्ला प्रायजसो ग्रामीण क्षेत्रमा प्रायः दलित समुदायले मात्रै आरन पेशा अगाल्दै आएका छन्। लामो समयदेखि व्यावसायिक बन्न नसकेका मुश्लिम समुदायहरु अहिले चेतनाको विकाससँगै परम्परागत पेशाबाटै मनग्य आम्दानी गर्ने गरेका छन्। धन कमाउन विदेशमा भौतारिनु पर्ने स्थिति छैन।

यता आरन व्यवसायी कान मुहम्मद भने भाँडा कुडा  बनाएरै घर खर्च राम्रो सँग चल्ने बताउँछन्। थप सरकारले सहयोग दिएर आधुनिकरण गर्न सके आम्दानीको मुख्य स्रोत हुने उनको आशा छ। पहिले मालिकको घरबाट भाँडाकुँडा बनाइदिएबापत क्षेत्रि जातका मान्छेबाट थोरै अन्न लिने गरिन्थ्यो। तर चेतना बृद्धि भएसंगै अन्नपात नलिई अहिले नगद मै कारोबार हुने गरेको कानले बताए।

अहिले उनीहरुले यो पेशा गर्ने ३ र ४ जनाले सिजनअनुसार दैनिक ३ हजार देखि माथि कमाउने गरेका छन्। पछिल्लो समय चेतनास्तरमा विकास हुँदै गएपछि मुश्लिम समुदायले खलो प्रथा छोडेर आर्थिक कारोबारले व्यावसायिक बन्दै गएका छन्। रोजगारी छैन भन्दै विदेशमा श्रम गरेर पसिना बगाउन जाने युवाले यी व्यवसायीबाट पाठ सिक्न जरुरी रहेको जुकेखाडी निवासी सोम काफ्ले बताउँछन्।

तालिमको  आशामा  व्यवसाय
पुर्खौली पेशालाई व्यवसायिकता दिनको समय अनुसार नयाँ ज्ञान सिप आवश्यक पर्छ नै। तर, उनीहरु कुनै ज्ञान सिपको पुर्खौली पेशाका संरक्षणसंगै आम्दानी पनि गरिरहेका छन्। पुरानै शैलीबाट भाडा कुँडा, बनाउँदा निकै समय लाग्ने धुलो धुवाँमा धेरै समय बिताउनुपर्ने हुँदा निकै समस्या भएको ती आरन व्यवसायीहरुको गुनासो छ। अब स्थानीय सरकारले पनि देशमा रोजगारी सिर्जना गर्नका लागि यस पेशाको व्यावसायिक तालीम सञ्चालन गरी साना व्यवसायीलाई प्रोत्साहन गर्न आवश्यक रहेको छ।

दलित समुदायले गर्ने उक्त व्यवसायलाई फराकिलो बनाई गाउँ टोलमा रोजगारी सृजना गर्न समयसपेक्ष तालिमको आबश्यक रहेको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ