arrow

एक दिवसीय विश्वकप क्रिकेट २०१९ को खेल तालिका सार्वजनिक, यस्तो छ तालिका–

logo
प्रकाशित २०७५ वैशाख १३ बिहिबार
world-cup-cricket-2019.jpg

काठमाडौं । इंगल्याण्ड र वेल्सको संयुक्त आयोजनामा सन् २०१९ मा हुने एक दिवसीय विश्वकप क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसीसी बोर्डको भारतको कोल्कातामा बसेको बैठकले खेल तालिकाको टुंगो लगाएको हो । 

खेल तालिका अनुसार उद्घाटन खेल इंगल्याण्ड र दक्षिण अफ्रिकाबीच ओभल क्रिकेट मैदानमा हुनेछ । 

विश्वकपमा आयोजक इंगल्याण्ड, दक्षिण अफ्रिका, अष्ट्रेलिया, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, न्यूजिल्याण्ड, वेष्ट इण्डिज र अफगानिस्तानबीच भिडन्त हुनेछ । 

मे ३० देखि सुरु हुने विश्वकप जुलार्इ १४ सम्म चल्नेछ। १० टिमबीच हुने विश्वकपमा कुल ४८ खेल हुनेछन् । 

यस्तो छ तालिका विवरण तस्वीरमा –



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ