- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । युरोपा लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा इंगलिस क्लव आर्सनल र स्पेनिस क्लव एथ्लेटिको मड्रिडले बराबरी खेलेका छन् । आर्सनलको मैदानमा भएको खेल १–१ को बराबरीमा सकिएको हो ।
सिमे सालिज्कोले १० मिनेटमै दोहोरो पहेंलो कार्ड खाँदै बाहिरिएपछि १० जनामा समेटिएको एथ्लेटिको मड्रिड दबाबमा आए पनि ६१ औं मिनेटमा मात्र अलेक्जेण्डर लाकाजेट्ले गोल गर्दै आर्सनललाई अग्रता दिलाए ।
८२ औं मिनेटमा एन्टोनियो ग्रेजम्यानले गोल फर्काउँदै खेल बराबरी गरेका हुन् ।
दोस्रो लेगको खेल मे ४ तारिखका एथ्लेटिकोको मैदानमा हुनेछ ।
दोस्रो सेमिफाइनलमा फ्रेन्च क्लव मार्सेले अस्ट्रियन क्लव साल्जबर्गलाई २–० ले हरायो ।
मार्सेलाई घरेलु मैदानमा विजयी गराउन थाउभिन र निजेले एक एक गोल गरे ।
दोस्रो लेगको खेल मे ४ तारिखमै साल्जबर्गको मैदानमा हुनेछ ।