arrow

फिफाले लगायो मार्कोलाई भ्रष्टाचारको अभियोगमा आजिवन प्रतिबन्ध

logo
प्रकाशित २०७५ वैशाख १५ शनिबार
Marco_Polo_Del.JPG

रियो दी जेनेरियो । ब्राजिलको फुटबल संघका प्रमुख मार्को पोलो डेल नेरोलाई फुटवलसम्वन्धी कुनैपनि काममा आजिवन प्रतिबन्ध लगाइएको छ ।  फुटबलको विश्वव्यापी आधिकारीक संगठन फिफाले उनलाई भ्रष्टाचारको अभियोगमा प्रतिबन्ध लगाएको हो ।

फिफाको मूल्य मान्यता समितिले ७७ वर्षीय मार्कोलाई सञ्चार र बजारसम्वन्धी सम्झौतामा घुस लिएको दोषी ठहर गरेको छ ।

उनलाई फुटवलसम्वन्धी कुनैपनि गतिविधि र जिम्मेबारीमा प्रतिबन्द लगाउनुका साथै दश लाख जरिवाना (१ मिलियन अमेरिकी डलर) घोषणा गरेको छ ।  फिफाले डेल नेरोलाई व्यापारमा ठगी गरेको, अवैधानिक काम गरेको, सम्पत्तिको अपचलन गरेकोलगायतका आरोप लगाउदै गत डिसेम्बरमा निलम्बन गरेको थियो ।

फिफाको निर्णयका बारेमा पुनरावेदन गराउन चाहेको डेल नेरोका वकिलहरुले बताएका छन् । सिन्ह्वा



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ