arrow

भारतीयले ढाट लुकाएपछी रक्सौल खुल्यो, भाडाका सवारी ओहोर दोहोर, मालवाहक लाइनमा

logo
प्रकाशित २०७२ माघ २२ शुक्रबार
raksaul-new.jpg.jpeg
पर्सा । वीरगन्जस्थित प्रमुख भारतीय भन्सार नाका खुलेको छ । रक्सौलमा भारतीय पक्षले नै खोलिदिएको हो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले लगाएको बाँसको बार र ढाँट भारतीयहरुले हटाएर लुकाई दिएका छन् । मितेरी पुलको अवरोध हटेपछि साना सवारी साधन र ठेला, टाँगा तथा टायरगाडाहरु निर्वाध चलेका छन् । ठूला सवारी साधन भने नेपाल आई नपुगेको सहकर्मी कुबेर गौतमले जानकारी दिए । भारतीय कष्टमले जाँच गर्नु पर्ने भएकाले ढिलोगरी मात्रै मालवाहक गाडी आउने उनले बताए । 
 
मध्यान्न १२ बजेपछी नाका सहज भएको वीरगन्ज भन्सार कार्यालयका सुचना अधिकृत सुशील प्रसाद शर्माले हाम्राकुरालाई जानकारी दिए । शर्माले भने, ‘नाका पूर्ण सहज भएको छ, नेपालबाट भारत निकासीका गाडी छैनन्, भारतबाट नेपाल आउने मालवाहक गाडी पारीको कष्टमले चेक जाँच गर्छ, कागजात पुगेका गाडी बल्ल भित्रने हो ।’ यात्रु बस, माइक्रोबस, टाटा सुमोलगायत भाडाका  सवारी साधान ओहोर दोहोर गर्न थालिसकेको शर्माले जानकारी दिए । भारतीय पर्यटक बोकेका थुप्रै गाडी नेपाल आएका र नेपालबाट भारत जाने पर्यटकको समेत चहलपहल बढिसकेको छ । विहिबार मात्रै मधेसी मोर्चाको मुख्य घटक सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले नाका सहज हुने जनाउ दिएका थिए ।
 
यस्तै, प्रधानमन्त्रीको भारत भ्रमणलाई लक्षित गरी ओली निकटस्थहरुले एक दुई दिनमा नाका खुल्ने बताएका थिए । ओलीले समेत शनिबारसम्म नाका खुल्ने संकेत दिएका थिए । नाका सहज नभए सम्म भारत भ्रमणमा नजाने अडान लिएका ओलीको भारत भ्रमणको वातावरण बनाउन अर्थमन्त्री विष्णु पौडेल सोमबार भारत जाँदै छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ