काठमाडौं । आइपिएल क्रिकेटमा मुम्बई इन्डियन्स लगातारको हारपछि फर्ममा फर्कन थालेको छ । मुम्बईले चेन्नई सुपर किंगसलाई पुनेमा भएको खेलमा ८ विकेटले हरायो ।
पहिले ब्याटिङ गरेको चेन्नईले सुरेश रैनाको ४७ बलमा ७५ रनको मद्धतले ५ विकेटको नोक्सानीमा १६९ रन बनाउन सक्यो । अम्बाटी रायुडुले ३५ बलमा ४६ रन बनाए ।
जवाफमा मुम्बईले २ बलमा खेल्न बाँकी छँदा (१९.४ ओभरमा) २ विकेटको नोक्सानीमा विजयी लक्ष्य पुरा गर्यो ।
कप्तान रोहित शर्माले ३३ बलमा नटआउट रहँदै ५६, एभिन लेविसले ४७, सुर्यकुमार यादवले ४४ तथा हार्दिक पाण्डेयाले ८ बलमा नटआउट १३ रन बनाए ।
यो जितपछि पुछारको मुम्बई ७ खेलबाट ४ अंकसहित छैटौं स्थानमा पुगेको छ । हार पछि पनि चेन्नई ७ खेलबाट १० अंकसहित शिर्ष स्थानमै छ ।
सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयर डेभिल्स भने ४ अंकबाट पुछारमा छ ।