arrow

रोनाल्डो बिना नै जित्यो रियाल मड्रिड, यसकारण खेलेनन् रोनाल्डोले

logo
प्रकाशित २०७५ वैशाख १६ आइतबार
real-madrid7.jpg

काठमाडौं । क्रिष्टियानो रोनाल्डो बिना नै मैदानमा उत्रिएर रियाल मड्रिडले स्पेनिस लिग ला लिगा फुटबलमा जित हासिल गरेको छ । 

रियालले शनिबार रातिको खेलमा रेलिगेशन क्षेत्र लगभग टारेको लेगनसलाई घरेलु मैदानमा २–१ ले पराजित गर्न सफल भयो । 

रियाललाई जताउन ग्यारेथ बेल र बोर्जा मायोरलले १–१ गोल गरे । लेगनेसका डार्को ब्रासानाकले एक गोल फर्काए । लेगनेसका गाब्रियलले इन्जुरी समयमा रातो कार्ड खाएका थिए । 

किन खेलेनन् रोनाल्डो ? 
क्रिष्टियानो रोनाल्डो घाइते छैनन् । र पनि उनले खेलेनन् । नखेल्नुको पछाडि एउटा कारण छ । 

मंगलबार च्क्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको दोस्रो लेग छ । रियाल पहिलो लेगमा सफल भए पनि जर्मन क्लव बायर्न म्युनिख विरुद्ध दोस्रो लेगमा पनि सफलता पाउन उनी आराम गरेर कसेको क्लवले जनाएको छ । 

पहिलो लेगमा रियाल २–१ ले विजय भएको थियो । रोनाल्डो नहुँदा बेलले कप्तानको आर्मब्यान्ड लगाएका थिए । 

यो जितले भने रियाल मड्रिड प्रिमियर लिगको दोस्रो स्थानमा रहने पक्का हुँदै गएको छ । रियालको ३४ खेलबाट ७१ अंक भएको छ । दोस्रो स्थानको एथलेटिकोको ७२ अंक छ । एक खेल कम खेलेको बार्सिलोना ८३ अंकसहित शिर्ष स्थानमा छ ।  

Mayoral (centre) celebrates with his team-mates after he doubled Madrid's lead moments before half-time against Leganes

Bale scored a bicycle kick inside the opening 10 minutes to put Zinedine Zidane's side 1-0 up against Leganes at the Bernabeu

Bale, who was an unused substitute against Bayern Munich, celebrates scoring Madrid's first goal with his team-mates

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ