arrow

यातायात निर्देशिका खारेजीको माग गर्दै धर्ना

logo
बिजय चौहान,
प्रकाशित २०७५ वैशाख १६ आइतबार
yatayat_(2).jpg

वीरगन्ज । नेपाल सरकारले चैत्र १८ गते सार्वजनिक गरेको यातायात निर्देशिका खारेजिको माग गर्दै पर्सामा यातायातकर्मी आन्दोलित भएका छन् । यातायातकर्मी र संगठनसंग सल्लाह सुझाव नै नलिइ एकलौटि रुपमा सरकारले ल्याएको निर्देशिका खारेजिको माग गर्दै सोमवार अञ्चल यातायात व्यवस्था कार्यालय नारायणी वीरगन्ज अगाडी यातायातकर्मीहरुले धर्ना प्रदर्शन गरेका  हुन ।

संयुक्त यातायात व्यवसायी आन्दोन परिचालन समिति पर्साको आयोजनामा विहान १० बजे देखी  ११:३० बजेसम्म यातायाकर्मीहरुले कार्यालय अगाडी धर्ना प्रदर्शन गरेका हुन ।

संयुक्त यातायता व्यवसायी आन्दोलन परिचालन समिति पर्साका संयोजक विनोद कुमार मानन्धरको अध्यक्षतामा आयोजना गरिएको धर्ना कार्यक्रमलाई नेपाल यातायात व्यवसायीक महासंघका केन्द्रिय उपाध्यक्ष प्रभु प्रसाद कलवार,संयुक्त आन्दोलन परिचालन समिति प्रदेश नं. २ का संयोजक जगरजनाथ प्रसाद कलवार लगायतका वक्ताहरुले देश भरीकै याताकर्मीसंग कुनै सल्लहा सुझाव नै नगरी सरकारले एकलौटिरुपमा ल्याएको निर्देशिका खारेज नगरे देशव्यपारी रुपमै आन्दोलन चरकाउने चेतावनी  दिए ।

२० वर्ष पूगेका नीजी सवारीलाई थनकाउन सरकारले नीति बनाए पनि सोभन्दा पुरान सरकारी सवारी संचालनमा रहेको प्रति आपत्ती जनाउदै  वक्ताहरुले सर्वसाधारणका लागि एउटा र सरकारका लागि आर्को कानुन मान्य नहुने बताएका थिए ।

यातायातकर्मीहरुको राय सुझावमा सरकारले ल्याएको यातायात निर्देशिका संशोधन नगरिए यसको खारेजीका लागि पाँच वटै यातायात महासंघ मिलि यातायात कर्मीका अधिकारका लागि आन्दोलीत हुने बताएका थिए ।

यही बैशाख १७ र १८ गते सरकारले ल्याएको निर्देशिका विरुद्धको आन्दोलनका लागि यातायात व्यवसायीलाई गोलबद्ध गरिने, बैशाख २१ गते देश भरी व्यवसायीले आ–आफ्नो सवारीलाई घरमा थनकाउने र सोपछि पनि सरकराले आफ्नो अडानमा कायम रहे  बैशाख २७ गते देखि अनिश्चिकालका लागि  देश व्यपारीरुपमा यातायता बन्द गरि आन्दोलनमा  उत्रीने कार्यक्रम रहेको पर्सा  संयोजक मानन्धरले जानकारी दिए ।

अञ्चल यातायात कार्यालयको मुलगेटमा याताकर्मी धर्ना बस्न खोज्दा प्रहरील समान्य बल प्रयोग गरी गेटबाट हटाएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ