arrow

कर्णाली प्रदेश विनियोजन विधेयक, २०७५ सर्वसम्मत पारित

logo
प्रकाशित २०७५ वैशाख १६ आइतबार

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश सभामा प्रस्तुत गरेको ‘कर्णाली प्रदेश विनियोजन विधेयक, २०७५’ सर्वसम्मत पारित भएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिलामन्त्री प्रकाश ज्वालाले १३ गते विनियोजन विधेयक सभामा प्रस्तुत गरेका थिए ।

प्रस्तुत विधेयकमाथि बैठकमा तीन दिनसम्म दफावार छलफल भयो । बजेटका विषयमा सांसदहरुबाट आएका प्रश्न तथा जिज्ञासाको आर्थिक मामिलामन्त्री ज्वालाले आज २०औँ बैठकलाई सम्बोधन गर्दै उनीहरुलाई पारित गर्न अनुरोध गरेसँगै विधेयक सर्वसम्मत पारित भएको हो ।

सम्बोधनका क्रममा उनले भने, “म जनता र जनप्रतिनिधिको कठघराबाट रहेकाले बजेटबाट कहीँकतैको जिल्ला वा स्थान विशेष छुटेमा सके यतिबेला नसके आगामी बजेटबाट सम्बोधन गर्नेछु ।” यो बजेटबाट सरकारको कार्यान्वयनको ढोका खुलेको उनले बताए ।

प्रदेश सरकारको समृद्धिको पहिलो पाइलाका रुपमा आएको बजेटलाई मार्गदर्शनका रुपमा लिएर कार्यान्वयनमा सघाउ पुर्‍याउन सांसदलगायत सम्पूर्ण क्षेत्रलाई उनले आग्रह गरे।

प्रदेश सरकारका तल्लो तहका संरचना तयार बनि नसकेकाले बजेट कार्यान्वयन गर्ने इकाई कुन हुने भन्नेमा भने प्रदेश सरकारमा अन्यौलता रहेको छ । यद्यपि अहिले प्रदेश सरकारले बजेट ल्याउने मात्रै नभई कार्यान्वयन पनि आफैँले गर्नुपर्ने बाध्यता आइलागेको आर्थिक मामिलामन्त्री ज्वालाको भनाइ थियो ।

कर्णाली प्रदेश आकस्मिक कोष विधेयक, २०७५ सभासमक्ष टेबुल

मन्त्री ज्वालाले आजै ‘कर्णाली प्रदेश आकस्मिक कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५’ प्रदेश सभासमक्ष टेबुल गरेका छन् ।  

मन्त्री ज्वालाले बाढी, भूकम्पलगायतका प्राकृति विपत्ति जस्ता कुरालाई ध्यानमा राखेर आकस्मिक अवस्थाको व्यवस्था र सञ्चालन गर्नुपर्ने भएकाले कर्णाली प्रदेश नियमावली २०७४ को परिच्छेद, १० को नियम ६० को उपनिय २ बमोजिम ‘आकस्मिक कोष विधेयक, २०७४’ सभासमक्ष टेबुल गरेका थिए ।रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ