- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । इङलिस प्रिमियर लिग फुटबलमा च्याम्पियन म्यानचेस्टर सिटीले गोल संख्या एक सय नघाएको छ । सिटीले अंक पनि तेहेरो अंक पुर्याउने लक्षतिर अगाडि बढेको छ । आइतबार राति भएको खेलमा सिटीले वेष्टह्याम युनाइटेडलाई ४–१ ले हरायो ।
वेष्टह्यामको मैदानमा भएको खेलमा सिटीलाई जित दिलाउन लोरी साने, गाब्रियल जिसस र फर्नान्डिन्होले १–१ गोल गरे । एक गोल भने वेष्ट ह्यामका पाब्लो जाबलेटाले आत्मघाती गरेका थिए । वेष्टह्यामका आरोन क्रेसवेलले एक गोल फर्काए ।
जितसंगै सिटीको ३५ खेलबाट ९३ अंक भएको छ । त्यसैगरी गोल संख्या १०२ गोल भएको छ । बाँकी तीन खेलमध्ये दुईमा जित र एकमा बराबरीसम्म गरे पनि म्यानचेस्टर सिटीको अंक १०० पुग्नेछ ।
यता, दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ७७ अंक रहेको छ । युनाइटेडले आइतबार रातिको खेलमा आर्सनललाई २–१ ले हरायो । पोग्बा र फेलियानीले १–१ गोल गरे । आर्सनलका खेतियारियानले एक गोल फर्काए ।
एक खेल बढी खेलेको लिभरपुलको ७२ अंक हुँदा म्यानचेस्टर युनाइटेडले दोस्रो स्थान लगभग पक्का गरेको छ ।