arrow

युवा सङ्घले सात लाख घर निर्माण गर्ने

logo
प्रकाशित २०७२ माघ २२ शुक्रबार
Yuva_Sangh_360123236.jpg.jpeg
बर्दिवास । एमाले सम्बद्ध सङ्गठन युवा सङ्घ नेपालले अब आफ्नो युवा शक्ति राष्ट्रिय पुनःनिर्माणमा जुटाइने उद्घोष गरेको छ । ‘मधेस संवाद तथा जागरण अभियान’ का लागि दुई महिने कार्यक्रम बनाएर मधेस झरेको सङ्घले आज महोत्तरीको बर्दिवासमा नगर पत्रकार सञ्जाल बर्दिवासले आयोजन गरेको पत्रकार सम्मेलनमा यस्तो उद्घोष गरेको हो । 
 
कार्यक्रममा सङ्घका अध्यक्ष राजीव पहारीले पुसबाट सुरु भएको दुई महिने ‘मधेस संवाद तथा जागरण अभियान’ माघ मसान्तमा समापन गरिएपछि आफूहरु राष्ट्रिय पुनःनिर्माणमा जुट्ने बताएका छन् । यस क्रममा सबैभन्दा पहिले भूकम्प प्रभावित १४ जिल्लामा पुनःनिर्माणका काममा एक लाख युवा शक्ति परिचालित गरिने पहारीको भनाइ थियो । दोलखाबाट सुरुवात गरिने कार्यक्रममा सात लाख सुरक्षित घर बनाइने जानकारी दिइएको छ ।  राष्ट्रिय पुनःनिर्माणकै क्रममा युवा मधेसको हुलाकी सडक निर्माण र सरकारले अघि सारेको सीमा क्षेत्र विकास कार्यक्रममा परिचालित गरिने अध्यक्षले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ