arrow

लाखौको हाटबजार बन्यो चटपटे र पानीपुरी बेच्ने स्थल

logo
कौरव खत्री,
प्रकाशित २०७५ वैशाख १७ सोमबार
Wami_hatbazzar.jpg

गुल्मी । लाखौको लागतमा निर्माण गरिएका कृषि उपज संकलन केन्द्र अर्थात गुल्मीका हाटबजारहरु चटपटे बेच्ने स्थलमा परिणत भएका छ ।

मुसिकोट नगरपालिका ७ वामी स्थित वामीटक्सार बजारमा ३ लाख लागतमा निर्माण सम्पन्न गरीएको कृषि संकलन केन्द्र चटपटे ब्यापार गर्ने थलोको रुपमा परिणत भएको हो ।

साविकका जिल्ला विकास समिति तथा गाँउ विकास समिति लगायतको आर्थिक सहयोगमा निर्माण गरीएको कृषि उपज संकलन केन्द्र अहिले स्कुले विद्यार्थीहरु र बजार गर्न आउने स्थानीयहरुले चटपटे र पानीपुरी खाने स्थल बन्दै गएको छ ।

मुनपा ७ मा रहेको लक्ष्मीनारायण महिला कृषि सहकारी संस्थाकी अध्यक्ष यमुना घिमिरेले भनिन् ‘कृषकहरुले सामग्री लिएर आउन पनि  धौ धौ मान्नुहुन्छ, त्यसैले गर्दा केही महिना भयो हाटबजार नचलेको’ टाढा टाढाबाट कृषकहरु कृषि सामग्री लिएर नआउनु पनि अर्को कारण भएको उनले बताइन् ।

‘नजिकका कृषकहरुको घरघरबाटै तरकारीहरु बिक्छ’ घिमिरेले भनिन् ‘बजार क्षेत्रका धेरै जसो व्यापारीहरुले पनि तरकारी बेच्ने कारण कृषि संकलन प्रभावकारी हुन नसकेको हो’ उनले सबै मिलेर हाटबजारको नियमित सञ्चालनमा लाग्नुपर्ने बताइन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ