arrow

सञ्चयकोषको साँवाब्याज नियमित बुझाउन आग्रह

logo
प्रकाशित २०७५ वैशाख १७ सोमबार
karmachari-sanchaya-kosh.jpg

काठमाडौँ । कर्मचारी सञ्चय कोषले नियमितरुपमा बुझाउनुपर्ने साँवाब्याज समयमा बुझाउन सञ्चयकर्तालाई आग्रह गरेको छ ।

घर सापटी, सरल कर्जा, शैक्षिक ऋण, घरमर्मत सापटीका लागि सञ्चयकोषले दिएको ऋणको साँवाब्याज समयमा नबुझाउँदा कोषको वार्षिक नाफामा समेत असर परेको भन्दै त्यस्तो आग्रह गरेको हो ।

प्रत्येक सञ्चयकर्ताको घर हुनुपर्छ भन्ने आशयका साथ ऋण प्रवाह गरिएको र त्यसको भरपूर उपयोग गरुन् भन्ने कोषको मनसाय भएको कोषका शाखा प्रमुख अर्जुनप्रसाद उपाध्ययले जानकारी दिए ।

सञ्चयकर्तालाई सम्बन्धित कार्यालयमा गएर आफ्नो जिम्मेवारी पूरा गर्न आग्रह गर्दै उनले तोकिएको समयमा साँवाब्याज नबुझाउने सञ्चयकर्ता उपर कानूनी प्रक्रियाअनुसार कोष अगाडि बढ्छ भने ।

सञ्चयकर्ताले कर्मचारी सञ्चयकोषको घर सापटीको ‘मेल आइडी’ मा भौचर स्क्यान गरेर पठाउन सकिनेछ । कोषका अनुसार कतिपय सञ्चयकर्ताको ठेगाना परिवर्तन भएको, फोन नंम्वर परिवर्तन भएको र जागिर छोडी अन्यत्र गएकाले असुलीमा समस्या परेको छ ।

कोषले घर सापटीमा २० अर्ब लगानी गरेको छ भने रु ९५ करोड असुल हुन नसकेको शाखा प्रमुख उपाध्यायले जानकारी दिए । उनका अनुसार  ९५ करोड मध्येबाट यस वर्ष  २९ करोड असुली गर्न कोष सफल भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ