- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार भारतको दक्षिणपश्चिम राज्य कर्नाटकमा निर्वाचन अभियानको सुरुवात गर्ने कार्यक्रम छ । कर्नाटकमा हुने चुनावी सभालाई उनले मङ्गलबार सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी विभिन्न सञ्चारमाध्यमहरुले दिएका छन् ।
विधान सभाको निर्वाचन यही मे महिनाको १२ मा हुने बताइएको छ । भारतीय जनता पार्टी (बिजेपी) का अधिकारहरुका अनुसार मोदीले मङ्गलबार सो राज्यमा मङ्गलबार आयोजना गरिएका तीन वटा चुनावी सभालाई सम्बोधन गर्नहुने भएको छ ।
राज्य सभाको लागि हुन गइरहेको सो निर्वाचनमा २१९ जना महिलासहित २ हजार ६५५ उम्मेदवार प्रतिश्पर्धामा रहेका छन् । सो निर्वाचनबाट २२४ जना राज्य सभाका सांसदहरु निर्वाचित हुने बताइएको छ । मोदीले कर्नाटकमा मे ८ सम्ममा एक दर्जन भन्दा बढी चुनावी सभालाई सम्बोधन गर्नुहुने पनि बताइएको प्रापत समाचारमा उल्लेख छ ।
प्रधानमन्त्री मोदीले पनि कर्नाटकको आफ्नो भ्रमणअघि गरेको ट्वीटमा कर्नाटकमा मङ्गलबार गरिने तीन वटा चुनावी सभाको सम्बोधन आफूलाई प्रतिक्षाको विषय रहेको लेखेका छन् ।
ती सभाहरुलाई भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहले पनि सो राज्यमा हुन गइरहेका चुनावी सभालाई सम्बोधन गर्न लागेको उक्त समाचारमा जनाइएको छ । सिन्ह्वा