arrow

विराटनगर जुटमिल संचालनको माग राख्दै श्रमिकले बुझाए ज्ञापनपत्र

logo
कुमोद अधिकारी,
प्रकाशित २०७५ वैशाख १८ मंगलबार
kkkkkkk.jpg

विराटनगर । अन्तराष्ट्रिय श्रमिक दिवसको अवसर पारेर ज्ञापनपत्र वुझाउदै विराटनगर जुटमिल संचालन गर्न माग गरिएको छ ।  जुटमिल वचाउ अभियान समितिले विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई भेटेर ज्ञापनपत्र वुझाउदै मिल संचालनका लागी माग गरेको हो।

 २००३ साल र २००७ सालमा जुटमिलमा भएको आन्दोलनका कारण नेपालमा प्रजातन्त्रको पुर्न स्थापनना भएको हो । सो मिलमा भएको मजदुरकहरुको  आन्दोलनपछी नेपालमा श्रमिक दिवश मनाउन थालिएको हो ।

नेपालको मजदुर आन्दोलन संगै प्राजातान्त्रिक आन्दोलनको सुरुवात भएको जेठो उधोग विराटनगर जुटमिल संचालनका लागी सरकारले संचालक  समिति नियुक्ति समेत गरेको छ ।
जति समिति आएपनी जुटमिल ५ देखी ६ महिनामात्र चल्ने र त्यसपछी वन्द हुने गरेको छ । कुनै न कुनै वहानमा केहिदिन मिल संचालन गर्ने र वन्द गर्ने प्रवृतिले हजारौ मजदुरको रोजि रोटि खोसिएको भन्दै  यथा सिघ्र मिल संचालन गर्ने वतावरण वनाउन समितिले महानगरपालिकासंग माग गरेको छ ।

मिलमा अहिले पनी पाँच अर्व भन्दा वढिको चलअचल सम्पती रहेको छ । मिल चलाउने भन्दापनी कमिशन खाने प्रवृति हावी हुदै गएकाले  मिल संचालन हुन नसकेको विज्ञेप्तीमा जनाइएको छ । समितिका अध्यक्ष धर्मानन्द सन्जेल सहितको टोलीले  मेयर पराजुलीलाई ज्ञापनपत्र वुझाएका हुन् ।

 ज्ञापनपत्र वुझदै मेयर पराजुलीले गिरिज प्रसाद कोइराला र मनमोहन अधिकारीको राजनिति यात्रा प्रारमम्भ भएको ऐतिहासिक विराटनगर जुटमिल संचालनका लागी महानगरपालिकाले सक्दो सहयोग गर्ने वताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ