काठमाडौं । स्पेनिस क्लव रियाल मड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । सेमिफाइनलको दोस्रो लेगको खेलमा घरेलु मैदानमा जर्मन क्लव बायर्न म्युनिखसंग २–२ को बराबरी खेलेपछि रियाल एग्रिगेसनमा ४–३ ले विजयी भएको हो ।
पहिलो लेगको खेलमा बायर्नको मैदानमा रियाल २–१ ले विजयी भएको थियो ।
मंगलबार राति भएको खेलमा रियालका लागि दुवै गोल करिम बेन्जेमाले गरेका थिए । त्यसैगरी बायर्नका लागि जोसुवा किमिच र जेम्स रोड्रिग्वेजले गोल गरे ।
यो खेलसंगै १२ पटकको बिजेता रियाल मड्रिड १३ औं बिजयका लागि फाईनलमा पुगेको हो ।
पाँच पटकको बिजेता बायर्न भने राम्रो खेल्दाखेल्दै पनि बाहिरिएको छ ।
मड्रिडले सन् २०१४–१६ र १७ गरेर चार बर्षमा तीन उपाधि हात पारेको थियो भने बायर्नले सन् २०१३ मा अन्तिम पटक उपाधि जितेको थियो।