arrow

मुम्बई आइपिएलबाट बाहिरिने खतरा, दिल्लीले के गर्ला ? के गर्लान् सन्दीपले ?

logo
प्रकाशित २०७५ वैशाख १९ बुधबार
sandeep-lamichane.jpg

काठमाडौं । भारतमा भइरहेको इन्डियन प्रिमियर लिग क्रिकेटमा मुम्बई इन्डियन्स प्लेअफमा पुग्ने सम्भावनाबाट लगभग बाहिरिने अवस्थामा पुगेको छ । 

मंगलबार राति भएको खेल रोयल च्यालेन्जर्स बैंगलोरसंग १४ रनले पराजित भएपछि मुम्बईको प्लेअफ यात्रा कठिन बनेको हो । 

जितले बैंगलोरको प्लेअफ सम्भवना कायमै छ । मुम्बईको ८ खेलबाट ४ अंक छ भने बैंगलोरको ६ अंक भएको छ । 

त्यसैगरी सन्दीप लामिछाने सम्मिलित दिल्ली डेयर डेभिल्सको सम्भावना पनि कमजोर बन्दै गएको छ । 

बुधबार राति दिल्लीको भिडन्त राजस्थान रोयल्ससंग हुँदैछ । दिल्लीको ८ खेलबाटै ४ अंक छ । दिल्ली पुछारमा छ । राजस्थानविरुद्ध घरेलु मैदान दिल्लीमै हुने खेलमा पराजित भयो भने दिल्ली पनि प्लेअफ खेल्ने सम्भावनाबाट बाहिरिने पक्का हुनेछ । 

दिल्लीले खेलुन्जेल सन्दीप लामिछानेले पनि डेब्यु गर्ने सम्भावना रहन्छ । तर के गर्लान् त सन्दीपले भन्ने चासो कायमै छ । 

मोदी भ्रमणका बेला पो ? 

एक भारतीय दूतावास निकट स्रोतका अनुसार यो खेल राजनीति हो भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका समयमा सन्दीपले खेल्न सक्छन् । 

नेपालीहरुको भावनासंग जोडिएको विषय भएकाले सन्दीपले खेल्न सक्ने उक्त स्रोत बताउँछ । दिल्ली कम्पनीले सन्दीपलाई सेलिब्रिटि बनाउने क्रममा नेपालमै आएर जर्सी बाँडेको थियो । 

भारत निकट एक जानकारले खेलाडीले खेल्न पाउने नपाउने कप्तान वा प्रशिक्षकलाई थाहा हुने भए पनि मोदीलाई नै केही नेपाली नेताले सन्दीपलाई खेलाउन पर्यो भन्न पनि सक्छन् भन्दै ठट्टा गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ