arrow

सरकारको पहिलो एजेन्डा विकास र समृद्धि : प्रधानमन्त्री

logo
प्रकाशित २०७५ वैशाख १९ बुधबार
oli-jhapa.jpg

सुरुङ्गा, झापा । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारले मुलुकको समग्र क्षेत्रको विकास गरेर समृद्ध नेपाल निर्माण गर्ने बताएका छन् ।  

झापाको दमकस्थित मुख्य बजारमा निर्माण गरिएको ‘नमूना बजार’को बुधवार उद्घाटन गर्दै उनले वर्तमान सरकारको पहिलो एजेन्डा विकास र समृद्धि भएकाले समृद्ध मुलुक निर्माण गर्न सबैलाई आ–आफ्नो ठाउँबाट जुट्नसमेत आग्रह गरे । “यो सरकारले अब कृषि, उद्योग, व्यापार, पर्यटनलगायत सबै क्षेत्रको विकास गरी समग्र क्षेत्रबाट मुलुकलाई अब्बल सावित गर्छ”–प्रधानमन्त्री ओलीले भने ।

दमक नगरपालिका–६ मा  एक करोड ३५ लाखको लागतमा नमूना बजार तयार गरिएको छ । पार्कसहितको नमूना बजारमा पानीको फोहोरा, फूलबारी, आराम चियर, विभिन्न आर्कषक लाईटसमेत जडान गरिएको छ ।

दमक नगरपालिकाको एक करोड २० लाख र बाँकी उपभोक्ताको लगानीमा नमूना बजार निर्माण गरिएको दमक नगरपालिका प्रमुख रोमनाथ ओलीले बताए ।

सो अवसरमा नमूना बजारको परिकल्पनाकार दमक नगरपालिकाका निवर्तमान कार्यकारी अधिकृत युवराज दाहाललाई सम्मानसमेत गरिएको थियो । नमूना बजारको बीचमा लायन्स क्लब अफ दमक माउण्ट एभरेष्टले पानीको फोहोरा बनाएको हो । लायन्स स्तम्भ र त्यसमाथि भएको सिंहको प्रतीकले यहाँको आकर्षण बढाएको भन्दै प्रधानमन्त्री ओलीले लायन्स क्लबलाई धन्यवाद दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ