arrow

फेरि बढ्यो पेट्रोलको भाउ

logo
प्रकाशित २०७५ वैशाख १९ बुधबार
petrol-pump.jpeg

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढाएको छ । बुधवार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलमा दुई र डिजेल र मट्टितेलमा तीन-तीन रुपैयाँ मूल्य बढाएको हो ।

मूल्यवृद्धिपछि अब पेट्रोलको मूल्य प्रतिलिटर १०८ हुनेछ भने डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ९० पुगेको छ । खाना पकाउने ग्यासको भाउ भने यथावत रहेको निगमले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ