arrow

लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा, एएस रोमा ७–६ ले पराजित 

logo
प्रकाशित २०७५ वैशाख २० बिहिबार
liverpool3.jpg

काठमाडौं । इंगलिस प्रिमियर लिग क्लव लिभरपुल च्याम्पियन्स लिग फुटबलको फाइनलमा पुगेको छ । बुधबार राति भएको सेमीफाइनलको दोस्रो लेगमा इटालियन सिरिए क्लव एएस रोमासँग ४–२ ले पराजित भए पनि एग्रिगेशनमा ७–६ को जितका साथ लिभरपुल फाइनलमा पुगेको हो । 

लिभरपुलका लागि सादियो माने र विज्डाल्नमले गोल गरे भने रोमाका लागि नाइनगोलनले २ तथा जेकोले १ गोल गरे । 

रोमाले गोलको खाता भने लिभरपुलका जेम्स मिल्नरले आत्मघाती गरेपछि खोलेको थियो । 

रोमाको मैदानमा घरेलु क्लवले सशक्त खेले पनि फाइनल प्रवेशका लागि पर्याप्त भएन । 

पहिलो लेगको खेलमा लिभरपुलले घरेलु मैदानमा ५–२ को जित निकालेको थियो । 

लिभरपुल सन् २००७ पछि पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको हो ।

अब उपाधिका लागि लिभरपुलले च्याम्पियन्स लिगको १२ पटकको विजेता स्पेनिस क्लव रियाल मड्रिडको सामना गर्नेछ । 

रियालले जर्मन क्लव बायर्न म्युनिखलाई ४–३ ले हराएको थियो । 

फाइनल खेल मे २६ तारिखमा हुनेछ । 

Dejan Lovren of Liverpool lifts a red scarf over his head as he celebrates in front of the Liverpool fans at the Stadio Olimpico

Liverpool midfielder James Milner celebrates in front of the travelling supporters after a narrow aggregate victory

Virgil van Dijk celebrates on the final whistle with Georginio Wijnaldum after Liverpool qualify for the Champions League final

Liverpool defender Andrew Robertson and Dejan Lovren embrace at full time after edging past the Italian side in Rome

Liverpool players Adam Lallana and Jordan Henderson celebrate as they seal a 7-6 win over the Serie A side on Wednesday

Liverpool manager Jurgen Klopp embraces his players on the final whistle after they edged past Roma on Wednesday

Mane settled the nerves of the Liverpool players by putting them four goals ahead on aggregate with the early strike

Wijnaldum watches as his header sneaks past Roma goalkeeper Alisson Becker and bounces into the net to make it 2-1

Roma's Radja Nainggolan is left in tears after seeing his side fall just short of qualifying for the Champions League final

Roma fans light a flare inside the Stadio Olimpico as they wait for the start of Wednesday's Champions League semi-final tie

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ