ओलम्पियाड प्रचण्ड मालाकारको अन्त्येष्टि, नेपालको झण्डा ओढाएर सम्मान
प्रकाशित २०७५ वैशाख २० बिहिबार
964
Shares
काठमाडौं । काठमाडौंं जिल्ला बुद्धिचाल संघका पुर्व अध्यक्ष तथा चेस ओलम्पियाड खेलाडी प्रचण्ड मालाकारको अन्त्येष्टि भएको छ । उनको पार्थिव शरीरमा नेपालको झण्डा ओढाएर सम्मान गरिएको थियो ।
नेपाल बुद्धिचाल संघका वरिष्ठ उपाध्यक्ष विदुरप्रसाद गौतम, महासचिव हेराकाजी महर्जन लगायतले स्व प्रचण्डमान मालाकारको पार्थिव शरिरमा नेपालको राष्ट्रिय झण्डा ओडाई सम्मान प्रकट गरेका थिए ।
पशुपति आर्यघाटमा भएको अन्त्येष्टिमा चेस संघका पदाधिकारीका साथै चेस खेलाडीहरुको उल्लेख्य सहभागीता रहेको थियो ।
अन्त्येष्टिमा एक मिनेट मौनधारणसमेत गरिएको थियो ।
मालाकारको मंगलबार राति १ बजे हृदयाघातका कारण निधन भएको थियो । उनी राति १ बजे आफै ट्वाइलेट गएर आएपछि ट्याक्सीसमेत बोलाएको र त्यसपछि भने उनी मुर्छित भएका थिए ।