arrow

सन्दीप लामिछानेको दिल्लीले जित्यो 

logo
प्रकाशित २०७५ वैशाख २० बिहिबार
delhi-win.jpg

काठमाडौं । नेपाली राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछाने सम्मिलित टिम डिल्ली डेयर डेभिल्सले इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा जित हात पारेको छ । दिल्लीले बुधबार राति राजस्थान रोयल्सलाई ४ रनले हरायो । 

दिल्लीको मैदानमा भएको खेलमा वर्षाले पूरा ओभरको हुन नसकेको खेलमा दिल्ली डक वर्थ लेविस नियमानुसार ४ रनले विजयी भएको हो । 

सुरुवातमै १८ ओभरमा झारिएको खेलमा दिल्लीले १७.१ ओभर सम्भव खेलमा ६ विकेटको नोक्सानीमा १९६ रन बनायो । रिसभ पन्तले २९ बलमा ६९ रन बनाए । कप्तान श्रेयस ऐयरले ३५ बलमा ५० रन तथा पृथ्वी शाहले २५ बलमा ४७ रन बनाए । 

जवाफमा १२ ओभरमा १५१ रनको चुनौति पाएको राजस्थानले ५ विकेटको नोक्सानीमा १४६ रनमात्र बनाउन सक्यो । 

यो जितले दिल्लीलाई राहत दिएको छ । यो खेलमा पराजित भएको भए दिल्ली प्लेअफको सम्भावनाबाट बाहिरिने सम्भवतः पहिलो टिम हुन सक्थ्यो । तर अंकगणितिय सम्भावना बाँकी हुने थियो । 

अब भने दिल्ली ९ खेलबाट ६ अंकसहित छैठौं स्थानमा आएको छ । राजस्थान ६ अंकबाटै सातौं र मुम्बई इन्डियन्स ४ अंकबाट पुछारमा छ । 

शिर्ष स्थानको चेन्नई सुपर किंगसको ८ खेलबाट १२ अंक छ । १२ अंककै सनराइजर्स हैदराबाद दोस्रो स्थानमा छ । पंजाबको १०, कोलकाताको ८ र बैंगलोरको ६ अंक छ । 

बिहिबार राति चेन्नई र कोलकाता भिड्ने छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ