arrow

काँग्रेस काभेमा सबै क्षेत्रमा प्यानल सहित उम्मेदवारी

logo
कपिल कोईराला।
प्रकाशित २०७२ माघ २२ शुक्रबार
congress-flag.jpg.jpeg
बनेपा। नेपाली काँग्रेस सबै गाउँ, नगरको चुनाव सकाएर आज क्षेत्रको चुनावमा होमिएको छ। सबै मुख्य पदहरु क्षेत्रबाटै निर्वाचन हुने भएपछि सबैले क्षेत्रिय चुनावलाई आकर्षणको रुपमा हेरेका छन्। क्षेत्रबाट महाधिबेशन प्रतिनीधि र जिल्ला सदस्य पनि छनौट हुने हुँदा क्षेत्रको चुनावलाई सबै कार्यकर्ताहरुले विषेशरुपमा हेरेका छन्। नेपाली काँग्रेस गाउँ र नगरबाट छनौट भएका प्रतिनीधिहरु आफनो महाधिबेशन प्रतिनीधि, जिल्ला सदस्य एवं क्षेत्रिय कार्यसमितिको लागि अधिबेशनमा जटेका छन्। लामो समयदेखि गाउँ नगएकाहरु पनि गाउँ पुगेर प्रतिनीधि भएर आएका छन्। काँग्रेसीजनहरुले महाधिबेशनलाई पर्वका रुपमा मनाउने तयारी सहित हरेक क्षेत्रमा र्याली र आमसभा गर्ने तयारीमा लागेका छन्।  
 
को को उठ्दैछन् सभापतिमा ?
नेपाली काँग्रेस काभ्रेमा संस्थापन पक्षको बाहुल्यता भएकाले संस्थापन पक्षबाट अध्यक्ष जो दिन्छन् त्यहि उम्मेदवारले जित्ने पक्का छ। सभापतिमा पूर्व सभापति मधु आचार्य आउने चर्चा चलेको छ भने बर्तमान सचिब अच्यूत प्रसाद पौडेल, शंखबुद्ध लामा, तिर्थ पसखल, कुमार लामीछाने, प्रचण्डमान प्रधान, प्रकाश थापाको नाम चर्चामा छ। तर सभापति उठ्न अनिवार्य महाधिबेशन प्रतिनीधि हुनुपर्ने ब्यवस्थाका कारण सभापतिका उम्मेदवार घटबढ हुन सक्ने देखिएको छ। 
 
क्षेत्रिय अधिबेशन, को को उठे?
नेपाली काँग्रेसकाभ्रेको चारै क्षेत्रको अधिबेशन भएको छ। अधिबेशनमा क्षेत्र नं १ मा सभाषद् तिर्थ लामा र सञ्जीव लामा सभापतिमा भिड्दै छन्। तिर्थ देउवा पक्षवाट हुन भने सञ्जीव संस्थापन पक्षवाट सभापतिको उम्मेदवार बनेका हुन। त्यस्तै सचिवमा भने गुणराज मोक्तान, राम लामा र रविन गौतमको उम्मेदवारी पर्ने चर्चा छ। दुबै पक्षले प्यानलै बनाएर क्षेत्रिय कार्यसमिति, महाधिबेशन प्रतिनीधि, जिल्ला सदस्य र महासमिति सदस्यमा छुट्टा छुट्टै उम्मेदवारी दिएका हुन। सभापतिमा साँसद समेत रहेका लामा अग्रस्थानमा रहेका छन्। 
 
क्षेत्र नं २ मा बर्तमान सभापति रमेश हुँमागाइ, राजेन्द्र कर्मचार्य र उद्धव कोईराला चुनावी मैदानमा जाने भएका छन्। क्षेत्र नं २ मा महाधिबेशन प्रतिनीधिमा शिव प्रसाद हुमागाई, इश्वरी ओझा, सृजना खनाल, नन्दु कार्की लगायत चुनावी मैदानमा छन् भने जिल्ला महिला सदस्यको लागि रमिला अधिकारी र खुल्ला सदस्यमा प्रदिप केसी, मधुकर खनाल, रविद्र सिग्देलको चर्चा छ। 
 
क्षेत्र नं ३ मा सांसद कञ्चनचन्द्र बादे, माधब ढकाल र कमल तामांङ चुनावी मैदानमा उत्रिदै छन्। यस क्षेत्रमा जिल्ला सदस्यमा महेश पौडेल लगायतको चर्चा छ। क्षेत्र नं ४ मा सुन्दरमणी आचार्य र महेश खरेलबीच कडा प्रतिस्पर्धा हुने भएको छ। काभ्रेमा ७५ गाउँ बिकास समिति र ५ नगरपालिकाका झण्डै १ हजार १ सय २० प्रतिनीधि छानिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ