arrow

सर्वाधिक पुरस्कार राशीको कुमायक गोल्डकपमा सुनसरीलाई हराउँदै मोरङ विजयी

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७५ वैशाख २१ शुक्रबार
DSCN9759.JPG

पाँचथर । पाँचथरको कुमायक स्थित यासोकमा जारी जिल्लाकै सर्वाधिक पुरस्कार राशी रहेको  दोश्रो कुम्मायक कुस्सायक गोल्डकपको आजको खेलमा एकता युवा क्लब मोरङ बिजयी भएको छ ।पञ्चायन क्लब सुनसरीलाई १ का बिरुद्ध २ गोल गर्दै एकता युवा क्लब मोरङ बिजयी भएको भएको हो ।

मोरङको तर्फबाट खेल सुरु भएको २६ मिनेटमा बिनोद अधिकारीले पेनेल्टी सुटआउटमा १ गोल गरेका थिए । दबावमा परेको  पञ्चायन क्लब सुनसरीका सुजन राईले गरेको प्रहार गोलरक्षकले क्लियर गर्न नसकेपछि रिवाउन्डमा आएको बललाई सुजनले गोल गर्दै खेलको निर्धारीत समयमा बराबरी पार्न सर्फल भएका थिए ।

थपिएको १५ मिनेट मध्ये अन्तिम १३ मिनेटमा पुनः मोरङका बिनोद अधिकारीले सुन्दर गोल गर्दै आफ्नो टिमलाई जितमा बदलेका थिए ।उत्कृष्ट प्रर्दशन गरेका मोरङका बिनोद अधिकारी आजको खेलमा म्यान अफ दि म्याच घोषित भए ।

हिजोबाट सुरु भएको प्रतियोगिता बैशाख २६ गते चल्ने छ । प्रतियोगितामा  काठमाण्डौ, झापा , मोरङ ,रेडहर्स इलाम लगायत ८ टिमको सहागीता रहेको छ ।  प्रतियोगिताको बिजेताले उपाधि सहित नगद ३ लाख ११ हजार प्राप्त गर्दा उपबिजेताले १ लाख ५५ हजार प्राप्त गर्ने छन ।

शनिबारको खेल क।क क्लब काठमाण्डौ र कर्ण सिं सोनाम ताप्लेजुङ बीच प्रतिस्पर्धा हुने आयोजक रानीगुफा सेवा समाज कुमायकका अध्यक्ष सूर्य किरण साङपाङले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ