arrow

उपभोक्ता ठग्ने साना व्यापारीलाई मात्र होइन अब ठूला व्यापारीलाई पनि कार्वाही : आपूर्ति मन्त्री

logo
प्रकाशित २०७५ वैशाख २२ शनिबार
matrika-yadav.jpg

विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले विगतमा उपभोक्ता ठग्ने साना व्यापारीलाई मात्र कारबाही गरिएकोमा अब ठूलो व्यापारीलाई कारबाही गर्ने बताए  ।

विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीसँग कुरा गर्दै उनले उपभोक्ताको स्वास्थ्य, कालाबजारी र राजश्व छली गर्ने साना, ठूला नभनी सबैलाई समानरुपमा कानून अनुसार कारबाही गर्ने दृढता व्यक्त गरे ।

आपूर्ति मन्त्री यादवले अहिले मुलुकमा शिक्षा, स्वास्थ्य, यातायात क्षेत्रमा मात्र नभै उद्योग क्षेत्रमा पनि सेण्डिकेट रहेको उल्लेख गर्दै सरकारले जूनसूकै सिण्डिकेट प्रथालाई जराबाटै उखाल्ने छ भने।

कानूनको जटिलताका कारण नै उपभोक्तासँग बढी मूल्य लिने चार चक्के गाडी व्यवसायीलाई कारबाही गर्न नसकेको बताउँदै उहाँले यस सम्बन्धमा कानून निर्माण गरी उपभोक्तालाई सुपथ मूल्य चार चक्के तथा दुई चक्के यातायात खरिद गर्ने व्यवस्था मिलाइनेछ भने।

नेकपा एमाले र नेकपा(माओवादी केन्द्र) पार्टी एकता कार्य दलका सदस्य समेत रहेका मन्त्री यादवले आफूहरुले सफलतापूर्वक कार्य सम्पन्न गरेको बताउँदै संयोजन समितिमा दुबै पार्टीका अध्यक्षबीच सकारात्मक छलफल भइरहेको बताए  ।

उनले दुबै पार्टीबीच एकता हुने स्पष्ट पार्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र दुई अलग-अलग धार र सोचको पार्टी भएकोले दिगो एकताका लागि गहन छलफल हुनु जरुरी रहेको धारणा व्यक्त गरे। रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ