arrow

आगलागी पीडितलाई राहत दिन मुख्यमन्त्री पुगे मुगु

logo
प्रकाशित २०७५ वैशाख २२ शनिबार
mahendra-bahadur-sahi.jpg

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही आगलागी पीडितका लागि राहत सामग्री लिएर मुगु गएका छन् ।  मुगुमा कार्मरोङ्ग गाउँपालिका–४ किम्रीका बिहीबार भएको आगलागीबाट १७ घर जलेर क्षति भएको तथा ११२ जना आगलागीबाट प्रभावित भएका थिए ।

गृह मन्त्रालयको आपत्कालीन कार्य सञ्चालन केन्द्रबाट त्रिपाल ३४ वटा, स्लिपिङ्ग ब्याग ११२, कमल ५१, बृद्धबृद्धाका तथा बालबालिकाका लागि ज्याकेटलगायत सामग्री लिएर उनि शनिवार त्यसतर्फ गएको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार ध्रुवविक्रम बुढाथोकीले जानकारी दिए ।

केन्द्रीय सरकारको राहतसँगै उनले कर्णाली प्रदेश सरकारका तर्फबाट पनि खाद्यान्नलगायत सामग्री लिएर गएका छन् ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ