arrow

कैलाली भ्रमण बर्ष २०७५ शुरु

logo
देवानन्द न्यौपाने,
प्रकाशित २०७५ वैशाख २२ शनिबार
kailali1.jpg

कैलाली ।  कैलाली भ्रमण बर्ष २०७५ आज ( शनीबार ) देखि शुरु भएको छ । जिल्लाको पुर्बि क्षेत्र सात नन्बर प्रदेशको प्रबेशद्वारको रुपमा रहेको कर्णाली चिसापानीमा आज एक भब्य समारोहका बिच सरकारका रक्षा मन्त्री ईश्वर पोख्रोलले भ्रमण बर्ष २०७५ को उद्घाटन गरी शुभारम्भ भएको हो ।

 जिल्लालाइमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचार प्रसारका साथै आन्तरीक एवम् बाहिय पर्यटकलाई जिल्लामा भित्राउन् भ्रमण बर्षको रुपमा मनाउन लागेको कार्यक्रमका संयोजक समेत रहेका कैलाली जिल्ला समन्वय समितीका संयोजक सुर्य बहादुर थापाले बताए । प्रदेशलाई सम्बृद्धिको बाटोतर्फ उन्मुख गराउन स्थानिय तहका सबै जनप्रतिनिधिहरु सक्रिय भएर लाग्नु पर्ने बताउदै संयोजक थापाले यस जिल्लामा रहेका ऐतिहासिक, पुरातात्वविक, धार्मिक र पर्यटकीय प्रसस्त मात्रामा भएपनी प्रचार प्रचारको अभावमा आझेलमा रहेकोले यसको उजागरको लागि यस भ्रमण बर्षले महत्वपुर्ण भुमिका खेल्लने बताए ।

 भ्रमण बर्षको उद्घाटन कार्यक्रममा प्रतिनिधि सभाका सांसद, मन्त्री, प्रदेश सभाका सांसद तथा जिल्लाका १३ वटै स्थानिय तहका जनप्रतिनिधि गरी सायौको सहभागिता रहेको थियो । भ्रमण बर्षको उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओली आउने भनेपनी अन्तत्यमा कार्यब्यस्तता र स्वाथ्य स्थीतिमा खराविका कारण कार्यक्रममा सहभागि भएनन् ।

 अनन्तः भ्रमणबर्षको उद्घाटन रक्षा मन्त्री ईश्वर पोख्रेले गरेका थिए । आयोजकले केन्द्र सरकार संग यस कैलाली जिल्लाका  विभिन्न १० वटा विकासका एजेण्डा संम्बोधनका लागि माग सहित प्रमुख अतिथीलाई १० किलो फुलको माला समेत लगाएका थिए । भने कार्यक्रममा सहभागि सबै अतिथीलाई सालको पात बाट बनाएका ब्याच र घुगि किरा, गोलभेडा बाट बनाएको माला लगायर स्वागत गरेका थिए । आज बाट शुरु भएको भ्रमण बर्षमा सहभागि भएका अतिथी पाहुनाहरुलाई कर्णाली नदिको जलमार्ग हुदै र्याफटिङ्गमा टीकापुर पार्क जाने कार्यक्रम रहेको आयोजकले बताएको छ ।

देशकै चर्चित केराका परिकारले चिनीने टीकापुर बनानाजमा केराका परिकार खुवाउने कार्यक्रम रहेको छ । भोली आईतबार जिनल्लाको बर्दगोरीया, घोडाघोडि, अत्तरियाको गोदावरी धाम, पुरैनाताल, खानीडाडा, हुदै धनगढीको शिवपुरी धामको दर्शन गरी, डल्फिन क्षेत्र मोहोनाको अवलोकन गर्ने कार्यक्रम समेत रहेको छ । कार्यक्रममा यस क्षेत्रको संस्कृति झल्कने बिभिन्न झाकिहरु समेत पर्दशन गरीएका थिए ।

आज शनीबार बैशाख २२ गते देखि शुरु भएको कैलाली भ्रमण बर्ष बर्षभरीनै बिभिन्न आन्तरीक तथा बाहिय पर्यटकलाई भित्राउने तयारी भैरहेको कैलाली भ्रमण बर्ष २०७५ का मुल समिति संयोजक समेत रहनु भएका जिल्ला समन्वय समिति कैलालीका संयोजक सुर्यबहादुथापाले बताए  ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ