arrow

सन्दीपको दिल्लीको प्लेअफ पुग्ने सम्भावना सकियो

logo
प्रकाशित २०७५ वैशाख २३ आइतबार
delhi1.JPG

काठमाडौं । राष्ट्रिय टिमका खेलाडी सन्दीप लामिछाने संलग्न टिम दिल्ली डेयर डेभिल्सको भारतमा भइरहेको इन्डियन प्रिमियर लिग क्रिकेटको प्लेअफ पुग्ने सम्भावना लगभग सकिएको छ । 

शनिबार राति भएको खेलमा सनराइजर्स हैदराबादसँग ७ विकेटले पराजित भएसँगै दिल्लीको प्लेअफ पुग्ने सम्भावना सकिएको हो । अब केवल गणितीय सम्भावना मात्र बाँकी छ । 

खेलमा दिल्लीले दिएको १ सय ६४ रनको लक्ष्य हैदराबादले १९.५ ओभरमा ३ विकेटको नोक्सानीमा पुरा गर्यो । 

एलेक्स हेल्सले ४५, शिखर धवनले ३३, केन विलियमसनले ३२ तथा युसुफ पठानले १२ बलमा नटआउट २७ रन बनाए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले ५ विकेटको नोक्सानीमा १६३ रन जोडेको थियो। पृथ्वी साहले ६५ रन बनाए। 

१० खेलमा ३ जितसहित ६ अंकबाट सातौं स्थानमा रहेको दिल्लीलाई प्लेअफमा पुग्न शिर्ष स्थानमा भएका टिमहरुको हार र दिल्लीको सबै खेलमा जित जरुरी छ । 

९ खेलबाट १४ अंकको हैदराबाद शिर्ष स्थानमा छ । चेन्नई १० खेलबाट १४ अंकसहित दोस्रो, कोलकाता र पञ्जाब १० अंकसहित तेस्रो र चौथो स्थानमा छन् । मुम्बई, बैंगलोर र राजस्थानको ६–६ अंक छ । 

दिल्लीको खराव लयबीच सन्दीपले खेल्न पाउने सम्भावना पनि कमजोर बन्दै गएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ