arrow

दोहोरो अंकले घट्यो शेयर बजार

logo
प्रकाशित २०७५ वैशाख २३ आइतबार
nepal-stock-exchange.png

काठमाडौँ ।  साताको पहिलो दिन आज शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ ।  नेपाल स्टक एक्चेञ्जका अनुसार नेप्से परिसूचक १२.५१ बिन्दुले ओरालो लागेर एक हजार ३५३.६४ बिन्दुमा आइपुगेको छ ।

यस्तै ‘क’ वर्गका शेयर कारोबारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत २.९१ बिन्दुले ओरालो लागेर २८५.३८ बिन्दुमा झरेको छ । कूल १६० कम्पनीको आठ लाख ४३ हजार ४१० कित्ता शेयर रु ३६ करोड १६ लाख ९६ हजार ७६३ मूल्यमा कारोबार भएको स्टकले जनाएको छ ।

उपसूचकमध्ये वित्त क्षेत्रको मात्रै शेयर उकालो लाग्दा अरु समूहका शेयर भने ओरालो लागेका छन् । सो उपसमूहको शेयर ०.०६ बिन्दुले उकालो लागेको हो । बैंकिङ ११.५५, होटल ३१.०६, विकास बैंक १३.४३, जलविद्युत् १९.८१, बीमा ६८.३२, उत्पादन ८.६६, अन्य ६.६१ र माइक्रो–फाइनान्स उपसमूहको ७.५४ बिन्दुले ओरोलो लाग्दा बजार घटेको हो ।

श्री इन्भेस्टमेन्टले बोनस शेयर दिने

श्री इन्भेस्टमेन्ट एण्ड फाइनान्स कम्पनीले रु १६ करोड ७९ लाख ७८ हजार ५६७ बोनस शेयर दिने प्रस्ताव गरेको छ ।

आर्थिक वर्ष २०७३-७४ को नाफाबाट विद्यमान चुक्ता पूँजी रु ६३ करोड २१ लाख ७१ हजार ४३२ को २६.५७ प्रतिशतले हुन आउने रकम बोनस शेयरका रुपमा वितरण गर्न लागिएको सो कम्पनीले स्टकलाई जानकारी गराएको छ । उक्त प्रस्तावलाई वार्षिक साधारणसभाबाट पारित गरी शेयरधनीलाई वितरण गरिनेछ ।

नेपाल सेवा लघुवित्तको आइपिओ बाँडफाँड

नेपाल सेवा लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयर(आइपिओ) आज बाँडफाँड गरिएको छ ।

सो लघुवित्तले एक लाख ८० हजार कित्ता शेयरमध्ये कर्मचारी र सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको एक लाख ६७ हजार ४०० कित्ता साधारण शेयर गोलाप्रथाबाट बाँडफाँड गरिएको हो । आवेदकमध्ये १६ हजार ७४० आवेदकलाई शेयर बाँडफाँड गरिएको छ ।

लघुवित्तको साधारण शेयरमा दुई लाख पाँच हजार ३८६ जनाले आवेदन दिएका थिए । त्यसमध्ये दुई लाख चार हजार ८३८ जनाले आवेदकको आवेदन सदर भएको थियो ।

यस्तै ५४८ जनाको आवेदन रद्द भएको थियो । सो लघुवित्तको बिक्री प्रबन्धकमा एनएमी क्यापिटल लिमिटेड रहेको थियो । लघु वित्तले न्यूनतम १० कित्ता शेयर उपलब्ध गराएको छ । सो लघुवित्तले केही दिन पहिले साधारण शेयर बिक्री गरेको थियो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ