arrow

५० प्रतिशत अनुदानमा किसानलाई मौरीघार वितरण

logo
प्रकाशित २०७५ वैशाख २३ आइतबार
P1020309.JPG

पाल्पा (रामपुर), रामपुर नगरपालिका अन्तर्गत कृषि शाखा कार्यालयले अनुदानमा कृषकहरुलाई मौरीघार वितरण गरेको छ । कृषि शाखा कार्यालयले नगरपालिकाको ५० प्रतिशत अनुदानमा ७० वटा घार किसानलाई वितरण गरेको हो ।

   मौरीपालन व्यवसायमा कृषकहरुको बढ्दो आकर्षणलाई मध्यनजर गर्दै कार्यालयले २० जना कृषकहरुलाई एपिस सेराना जातको मौरी गोला सहितको २० घार र ५० खाली घार वितरण गरेको हो । कृषकहरुलाई ७ हजार मूल्य बराबरको गोला सहितको घार र ३ हजार ५ सय बराबरको खाली घार वितरण गरिएको कृषि शाखा रामपुरका प्रमुुख रामहरि पाण्डेले बताए।

रामपुर नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले मौरी घार बितरण गर्दै पहाडी क्षेत्र भएकाले यस भेगलाई मौरीको पकेट क्षेत्रका रुपमा विकास गर्न सकिने बताए  ।  

नगरपालिकाले अनुदानमा समय–समयमा कृषि सामाग्री वितरण गरेको छ थापाले भने– अब कृषि क्रान्तिलाई आत्मसाथ गर्दै अनुदानको सदुपयोग र जिबिकोपार्जन सहित आम्दानी गर्नुपर्छ ।

रामपुर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बासुदेव रेग्मीले रामपुर नगरपालिका लेक र बेसी दुवै मिलेर बनेको हुनाले यहाँ मौरीपालनको राम्रो सम्भावना रहेको बताए । व्यबसायिक मौरीपालक सुर्य प्रसाद रेग्मीले मौरी पालनको संभावना र अनुभव सुनाएका थिए ।

यसैबिच मौरी घार वितरण संगै कृषि शाखाले कृषकहरुलाई मौरीपालन व्यवसाय सम्बन्धी तालिम पनि संञ्चालन गरेको छ । कृषि शाखाको हलमा भएको तालिममा रामपुर नगरपालिकाका भित्रका २५ जना अगुवा कृषक सहभागी छन् । तालिमको कृषि शाखाका प्रमुख रामहरी पाण्डे र प्राबिधिक अशोक श्रेष्ठले सहजिकरण गरेका छन् ।तालिम उद्घाटन कार्यक्रम नगर प्रमुख रमणबहादुर थापाको अध्यक्षता, पशु सेवा शाखाका प्रमुख मोहन भट्टराईको स्वागत र कृषि शाखा प्रमुख रामहरी पाण्डेको संञ्चालनमा भएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ